पोखरा । स्वविय चुनाव आउन ४ दिनमात्र बाँकी छँदा पोखराका क्याम्पसमा भने अनिश्चित बनेको छ । कतिपयमा मनोनयन दर्ता हुनै सकेको छैन भने मनोनयन भएकाहरुमा पनि अनेक विवादले निर्वाचन कार्यालयमा तालाबन्दी ठोकेर कामकाज ठप्प पारिएको छ ।
धेरै मतदाता रहेको पृथ्वीनारायण क्याम्पससहित नर्सिङ क्याम्पसको विवाद अदालत पुग्दा सोमबार लामाचौरको पश्चिमाञ्चल क्याम्पसमा नेविसंघले तालाबन्दी गरेको छ । क्याम्पसले एकलौटी गरेको आरोप लगाउँदै नेविसंघ क्याम्पस इकाइ समितिका ३ उपसभापतिसहितले निर्वाचन कार्यालयमा तालाबन्दी गरेको हो ।
२७ फागुनको मनोनयनमा क्याम्पसको इकाइ बैठकबिनै नेविसंघ जिल्ला हावी भई अनधिकृतरूपमा प्रवेश गरेको भन्दै नेविसंघ क्याम्पस इकाइ समिति उपसभापति सन्देश पोखरेल, सुमन भट्टराई, सचिन अर्यालसहित १४ जनाले राजीनामा दिएका थिए । सोही समूहले नेविसंघबाट उम्मेदवार १६ जनाको नाम फिर्ता लिएको थियो । नेविसंघ क्याम्पस पूर्व इकाइ सभापति अञ्जन थापाले जिल्ला हावी भएको स्थिति एकातिर रहँदा निर्वाचन अधिकृतको राजीनामा आइसक्दा क्याम्पसले एकलौटी नामावली प्रकाशित गरेकोमा असन्तुष्टि जनाए ।
क्याम्पसले नामावली प्रकाशित गरेको, आफूहरुलाई अनेक धम्की आएको भन्दै स्थिति सामान्य नहुन्जेलसम्म निर्वाचनका प्रक्रिया अघि नबढाउन माग गर्दै नेविसंघको असन्तुष्ट पक्षले तालाबन्दी गरेको हो ।
क्याम्पस गेटमा टाँस गरिएको विज्ञप्तिमा यस अवस्थामा क्याम्पस गेट अगाडि गैरविद्यार्थीको उपस्थिति हुनु र क्याम्पसका विद्यार्थीलाई अभद्र व्यवहार गरी धम्की दिने क्रम जारी रहेको उल्लेख छ । साथै उम्मेदवारी दिएका केही सम्पर्कविहीन भएको र पठनपाठन स्थितिसमेत नरहेकाले स्थिति सामान्य नहुञ्जेल निर्वाचन प्रक्रिया अघि बढ्न नहुने उनीहरुको ठहर छ ।
पृथ्वीनारायण क्याम्पसमा निर्वाचन समितिले काम गर्न नसक्ने भनी हात झिकिसकेको छ भने निर्वाचन कार्यालयमा ताला ठोकिएको छ । उच्च अदालतमा दायर रिटमा २ चैतसम्म निर्वाचनसम्बन्धी काम, कारबाही अगाडि नबढाउन अदालतले अल्पकालीन अन्तरिम आदेश दिएपछि चुनावी चहलपहल शून्य छ । पृथ्वीनारायणमा करिब ११ हजार मतदाता छन् ।
वन विज्ञान अध्ययन संस्थान, संस्कृत क्याम्पसमा मनोनयन भएको छैन । जनप्रियमा विद्यार्थी भर्नाले विवाद उत्पन्न हुँदा निर्वाचन प्रक्रिया अघि बढेको छैन । स्ववियु चुनावको ५ चैतमा मतदाता हुँदैछ ।
त्रिविका देशभरिका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा चुनाव हुन लागेको हो ।
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जिभिपी युके लन्डनलाई भलिबल उपाधि
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
हातपात अभियोगमा पक्राउ
तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१