अन्नपूर्ण १० लाई अध्यक्ष कप

आदर्श समाज सम्वाददाता
फागुन २९, २०७९
annapurna cup

हेमजा । अन्नपूर्ण गाउँपालिकामा भएको प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर १० ले जितेको छ । पालिकाको छैटौं स्थापना दिवस पारेर आयोजना गरिएको प्रतियोगितामा वडा नं. ९ को समूह द्वितीय र वडा नं. ८ को समूह तृतीय भए । प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरेका समूहले क्रमश ५० हजार, ३० हजार, २० हजारका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले खेल क्षेत्रको विकासमा गाउँपालिका चनाखो रहेको स्पष्ट पार्दै आगामी वर्षमा पनि प्रतियोगितालाई निरन्तरता दिने बताए ।

उपाध्यक्ष चन्द्रकला अधिकारीले स्वास्थ्यका लागि पनि खेल महत्वपूर्ण हुने स्पष्ट पार्दै विद्यालय तहबाटै खेलमा चासो राख्न सुझाव दिइन् । वडा नम्बर ७ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङ, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटालगायतले बोलेका थिए ।

गाउँपालिका अध्यक्ष केसीको अध्यक्षतामा भएको समापन कार्यक्रम शिक्षा शाखा प्रमुख बलराम भुगाईं तथा स्वस्थ्य शाखा प्रमुख ऋषिराम पौडेलले संयुक्त रुपमा सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width