पोखरा, २१ फागुन । थकाली जातिको महान पर्व तोरन्ल मेर (फागु पूर्णिमा) २०७९ को अवसरमा आइतबार पोखरामा ¥याली गरिएको छ । थकाली सेवा समिति नदीपुरबाट परम्परागत पोसाकमा सजिएर थकालीहरु पालिखेचोक, महेन्द्रपुल हुँदै चिप्लेढुंगा बजार पुगेर समितिको कार्यालय फर्किएका थिए ।
¥याली पश्चात् थकाली सेवा समिति नेपालका केन्द्रीय सल्लाहकार हरिध्वज तुलाचनले अन्तरचन तारा खेलको उद्घाटन गरे । तोरन्लका अवसरमा थकालीहरुले तारा खेल खेल्ने गर्छन् । यसअघि आयोजित सभामा बोल्दै सल्लाहकार तुलाचनले तोरन्ल मनाएसँगै न्याना दिनहरुको सुरुवात भएको मानिने बताउँदै संस्कृति र परम्परा जोगाउन थकालीहरु एक हुनुपर्ने भनाइ राखे । यसका लागि सबैमा जागरण आउन जरुरी भएको बताउँदै उनले थकालीहरुले खेल्ने तारा खेलले मानव स्वास्थ्यमा समेत सकारात्मक असर पर्ने भनाइ राखे ।
समितिका केन्द्रीय उपाध्यक्ष शिवशंकर गौचनले तोरन्लले थकालीहरुमा उत्साह भर्न सक्नुपर्ने बताउँदै पछिल्लो पुस्ताले धर्म र संस्कृति भुल्दै जानु चिन्ताको विषय भएको बताए । तोरन्लको ५ दिने कार्यक्रम अन्तर्गत शनिबार तिङा पूजा सम्पन्न भएको थियो । अन्य दिन तारा खेल लगायतका गतिविधि हुने छन् ।
एसइईमा उत्कृष्ट अंक ल्याउने थकाली समुदायका सिनम तुलाचन र रितेश तुलाचनलाई सो अवसरमा सम्मान गरिएको थियो । यसैगरी नवौं राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडी योगेन्द्र शेरचन, असिम शेरचन र अनुष्का शेरचनलाई पनि सम्मान गरियो ।
कार्यक्रममा थकालीहरुले पुज्ने नरिझ्योव, तुलाचन थरका देवी ल्ह छयुरिन ग्हयल्मो, गौचन थरका देवता ल्ह लाङ्वा न्हुर्ब, भट्टचन थरका देवता ल्ह ह्यावा ह्याङज्युङ र शेरचन थरका देवता ल्ह क्हाङ्ला सिङ्कीकर्पोको तस्वीरमा माल्यार्पण गरिएको थियो ।
उक्त अवसरमा समितिका पूर्वअध्यक्ष विश्वमोहन गौचन, समितिका उपाध्यक्ष तेजेन्द्र तुलाचन, इञ्जिनियर जीवन शेरचन, समितिका निवर्तमान अध्यक्ष गोविन्द गौचन, पोखरा ३ का वडाध्यक्ष प्रकाश उदास, थकाली युवा समितिका योगन्द्र शेरचन लगायतले भनाइ राखेका थिए । समितिका अध्यक्ष इञ्जिनियर रुजिन्द्र तुलाचनको सभापत्विमा भएको कार्यक्रमको सञ्चालन समितिका सचिव अशोककुमार भट्टचनले गरेका थिए । यसपछि थकाली महिला र अन्य समूहले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
वसन्त ऋतुको आगमनसँगै सुरु हुने तोरन्ल पर्वमा देश विदेशमा छरिएका थकाली समुदाय रमाउने गर्छन् । यो पर्वले थकाली समुदायलाई जोड्न महत्वपूर्ण योगदान पु¥याएको छ । तारो हान्ने, कौडा खेल्ने, पितृ चढाउने, नाँचगान गर्ने मिठो खाने र राम्रो लगाउने यो पर्वको मुख्य विशेषता हुन् । मुस्ताङको थाकखोलाबाट सुरु भएको मानिने तोरन्ल पर्व अहिले जिल्लाको तल्लो क्षेत्र जोमसोमदेखि घाँसासम्म र पोखरा, काठमाडौं, वुटवल, भैरहवालगायतका स्थानमा बसोबास गरेका थकाली समुदायले धार्मिक तथा सांस्कृतिक परम्परा अनुसार हर्षोल्लासका साथ मनाउँछन् । तोरन्ल पर्वको मुख्य विशेषता पितृ पूजा हो । पूर्णिमा अघिल्लो दिनमा तारा थाप्ने थकाली भाषामा (धसा चुह) गरिन्छ । तारा थाप्दा थकाली परम्परा अनुसार पूजाआजा पनि गर्ने गरिन्छ ।
Related News
सम्बन्धित समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
hero news full width
मुख्य समाचार
पर्वत र बागलुङका सिडिओ फेरिए
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१