शीतलज्योति कप तयारी

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७९
Sitaljyoti 1

पोखरा । शीतलज्योति युुवा क्लब, पोखरा–१२ आयोजनामा तेस्रो शीतलज्योति कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।

‘समाज निर्माणमा आजको युवा र खेलकुद’ नाराका साथ २० देखि २७ फागुनसम्म अमरसिंह स्कुल खेल मैदानमा प्रतियोगिता संचालन हुने क्लब अध्यक्ष नरप्रसाद गुरुङले बताए । सोमबार पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले करिब ४० टिमले सहभागिता जनाउने अपेक्षा रहेको जनाए । उनका अनुसार निर्वतमान अध्यक्ष सन्तोष गुरुङको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ । सन्तोष प्रतियोगिता संयोजक पनि हुन् ।

विजेताले १ लाख ५५ हजार, उपविजेताले ८५ हजारसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ । सेमिफाइनलिस्ट टिमले १० हजार पाउनेछ । क्वाटरफाइनलबाट प्रत्येक खेलमा म्यान अफ दि म्याचवापत पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट खेलाडीले साइकल प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलकिपर, प्रशिक्षक र सर्वाधिक गोेलकर्तालाई जनही ५ हजार प्रदान गरिने छ ।

प्रथम पुरस्कार संस्थाका सल्लाहकार हरि खड्काका सुपुत्र किरणको स्मृतिमा उनका परिवारले र दोस्रो पुरस्कार पोखरा वडा १२ ले प्रायोजन गरेका छन् ।

प्रतियोगितामा करिब २३ लाख खर्च हुने अनुमान गरिएको छ । खर्च कटाइ बचत रकम खेलकुद विकासमा खर्चिने आयोजकले जनायो ।

Related News

सम्बन्धित समाचार

hero news full width