व्याटमिन्टनमा राउत र लामाको जोडी पहिलो

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७९
badminton lamjung

लमजुङ । दोस्रो जिल्लास्तरीय बि लेभल युगल व्याटमिन्टन प्रतियोगितको उपाधि डा.पदमबहादुर राउत र पासाङ लामा जोडीले चुमेका छन् ।

युमिका स्पोट्र्स हाउस तथा फिटनेस कम्प्लेक्सको आयोजनामा २ दिनसम्म चलेको प्रतियोगितामा डा. राउत र लामाको जोडीले १४—२१ सेटमा गजेन्द्र श्रेष्ठ र गोविन्द बस्नेतको जोडीलाई हराउँदै उपाधिज जितेको हो । विजेताले १० हजार र उपविजेता जोडीले ५ हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र प्राप्त गरेको युमिका स्पोट्र्स हाउसका सञ्चालक विनोद तामाङले बताए ।

उनका अनुसार प्रतियोगितामा सेस तामाङ र प्रदीप लामाको जोडी तेस्रो भयो । त्यस्तै, प्रतियोगितामा सुरेशकुमार प्रधान र युवराज सुनारको जोडी सान्त्वना भयो । उनीहरूले क्रमश मेडल र प्रमाणपत्र पाए ।

प्रतियोगितामा सेस तामाङ र प्रदीप लामाको जोडी वेस्ट प्लेयर घोषित भएका छन् । विजयी खेलाडीलाई मस्र्याङ्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. पदमबहादुर राउत, जिल्ला व्यटमिन्टन संघका अध्यक्ष कृष्णकुमार प्रधानले पुरस्कार वितरण गरे ।

कार्यक्रमको सञ्चालन युमिका स्पोट्र्स हाउसका सञ्चालक विनोद तामाङ र फिटनेस कम्प्लेक्सका सञ्चालक मोहोमद सेखले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width