राष्ट्रपति रनिङ सिल्ड त्रिभुवन आर्दशलाई

आदर्श समाज सम्वाददाता
माघ २९, २०७९
Rastrapati cup

स्याङ्जा । पुतलीबजार नगरस्तरीय राष्ट्रपति कप त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयले हात पारेको छ । उपाधिसँगै विद्यालयले रनिङ सिल्डसहित विभिन्न प्रतिस्पर्धाका पदक प्राप्त गरेको छ ।

पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदानमा यही माघ २५ गतेदेखि पाँचौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा सदरमुकाम अर्थात् पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आदर्श माविले २६ अंकसहित प्रथम भएको छ भने २५ अंकसहित ज्योति आवासीय मावि द्वित्तीय भएको छ ।

यसैगरी, पुतलीबजार नगरपालिका ६ स्थित हिमालयन मावि टक्सार २३ अंकसहित तृतीय भएको छ भने पुतलीबजार २ स्थित रोशनी आवासीय मावि १९ अंकसहित सान्त्वना भएको खेल प्रतियोगिता सञ्चालन समितिका संयोजक बाबुराम बरालले जानकारी दिए ।

विजयी विद्यार्थीलाई नगरप्रमुख तुलसीराम रेग्मीले सिल्ड, ट्रफी, प्रमाणपत्र प्रदान गर्दै अध्ययनसँगै खेलकुद पनि नियमित गर्नुपर्नेमा जोड दिए । आगामी दिनमा समायानुकुलन खेल प्रतियोगिता र आवश्यकता अनुरुपका खेलमैदानको पूर्वाधार विकास गर्ने उनले बताए ।

नगर भित्रका ३६ वटा बिद्यालय सहभागी रहेको प्रतियोगितामा बिभिन्न १५ बिधाका प्रतियोगि खेलमा छात्र छात्राले प्रतिस्पर्धा गरेको खेल समितिका सदस्य रामकाजी थापाले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width