आजदेखि बिटी कप

आदर्श समाज सम्वाददाता
माघ २२, २०७९
bt cup

पोखरा । बुद्धटोल युवा क्लबको आयोजनामा आइतबारदेखि १६ औं बिटी कप छैटौं वीरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुँदैछ ।

पोखरा १ पुरानो टुँडिखेल मैदानमा हुने प्रतियोगितामा ४६ टिम दर्ता भइसकेको क्लब अध्यक्ष असिम थापाले जानकारी दिए ।

फुटबलको विकास गर्ने उद्देश्यसहित लामो समयदेखि सञ्चालन गर्दै आएको प्रतियोगिता क्लबका सल्लाहकार स्वर्गीय विरेन गुरुङको स्मृतिमा विगतमा चैत्रमा हुँदै आएको थियो । तर मौसमका कारण यस वर्षदेखि स्वर्गीय गुरुङको जन्मदिनको शुभदिन पारेर सञ्चालन गर्न लागिएको हो ।

विजेतालाई १ लाख ६१ हजार र उपविजेतालाई १ लाख १ हजार रुपैयाँ प्रदा नगरिनेछ । सर्वाेत्कृष्ट खेलाडीलाई ८ हजारद्वारा पुरस्कृत गरिनेछ ।

उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने छ । अनुशासित टिमले ९ हजार प्राप्त गर्ने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width