पोखरा। पोखरा थिएटरको आयोजना गन्धर्व नाटकघरमा आयोजित गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव सकिएको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राइट फर चिल्ड्रेनको सहकार्यमा माघ १४ गते सुरु भएको महोत्सव शनिबार अतिथि नाटकका रुपमा धुमधामको घुमघामको मञ्चनसहित समापन भएको हो । महोत्सवमा प्रदेशका ७ जिल्लाका २० नाटकसहित एक नाटक अथिति मञ्चन भएका थिए ।
महोत्सवमा प्रदर्शन गरिएको नाटकले विद्यार्थी, शिक्षक सहित आम नाटकप्रेमीको ध्यान तान्न सफल भएको आयोजक पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए । महोत्सवमा ५ हजारभन्दा बढि दर्शकले पोखरा थिएटरको गन्र्धव नाटकघरमा पुगेर नाटक हेरेको अध्यक्ष परिवर्तनले जानकारी दिए । ‘महोत्सव सकिदासम्म झण्डै ५ हजार दर्शकले महोत्सवमा नाटक हेर्नुभयो हामीले अपेक्षा गरेभन्दा बढी सफलता पाइरहेका छौं,’ उनले भने ।
नाटक हेर्न आउने दर्शकहरुले दिएको प्रतिक्रियो आगामी दिनमा नाटक गर्नका लागि उत्साह थपेको संस्थापक अध्यक्ष दीलप्रसाद गुरुङले बताए । ‘नाटक महोत्सव एकदम राम्रो भइरहेको छ । सकारात्मक प्रतिक्रिया पाएका छौं । हामीमा उत्साह थपिएको छ,’ संस्थापक अध्यक्ष गुरुङले भने ।
महोत्सवमा गण्डकी प्रदेशभरका विद्यालयबाट २० वटा नाटक प्रस्तुत भएका थिए । अन्तिम दिन अतिथि नाटकका रुपमा धुमधामको घुमघाम मञ्चन भएको हो । नाटक मञ्चन गरेका प्रत्येक विद्यालयलाई प्रोत्साहन स्वरुप १०÷१० हजार रुपैयाँ प्रदान गरिएको अध्यक्ष परिवर्तनले जानकारी दिए ।
वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा बनेको छनोट समितिले नाटक छनोट गरेको हो । छनोट समितिको सदस्यमा कलाकार तथा निर्देशक माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहेका थिए । महोत्सवका लागि कुल २९ वटा नाटकको स्कृप्ट छनोट समितिसम्म पुगेको थियो । ती मध्ये २० वटा नाटक छनोट गरेर महोत्सवमा मञ्चन गरिएको नाटक छनोट समितिका संयोजक तथा कलाकार प्रकाश घिमिरेले बताए ।
पछिल्ला समय विद्यालयहरुले नाटकको महत्व बुझ्दै गएकोे संयोजक घिमिरेले बताए । ‘पछिल्लो समयमा नाटकमा विद्यालयहरुको निकै चासो बढेको छ । त्यसैले होला यो पटक २९ विद्यालयले स्कृप्ट पठाएका थिए,’ संयोजक घिमिरेले भने, ‘यो पटक १०/१२ वटा मात्र राख्ने की भन्ने थियो तर सबै स्कृप्ट राम्रा भएकाले २० वटा छनोट गरेर मञ्चन भएका हुन् ।’ यसरी नाटकको विद्यालयस्तरमा महत्व बढ्दै गएकाले अबको केही वर्षमा गण्डकी प्रदेश नाट्य क्षेत्रमा अब्बल हुने उनको आंकलन छ । यस अगाडि दुई संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव गरिसकेको पोखरा थिएटरले पोखरा महानगरपालिका स्तरिय नाटक महोत्सवसमेत आयोजना गरेको थियो ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१