सुन्दरबजार कप पोखरालाई

आदर्श समाज सम्वाददाता
माघ १९, २०७९
sundar bajar

लमजुङ । चौंथो सुन्दरबजार कप–२०७९ खुला फुटबल प्रतियोगताको पहिलो उपाधि गन्नी फुटबल क्लब पोखराले जितेको छ ।

लमजुङ कृषि क्याम्पसको खेल मैदानमा फाइनलमा नाइन स्टार फुटबल क्लब कुन्छालाई ३–१ गोलअन्तरले हराउँदै गन्नीले उपाधिसहित २ लाख रुपैयाँ जितेको हो । उपविजेताले १ लाख सहित मेडल र प्रमाणपत्र पुरस्कार स्वरुप पाएको छ ।

सहिद दिवस अवसरमा आयोजित सो प्रतियोगितामा गन्नीका युनिक तामाङ उत्कृष्ट खेलाडी घोषित भए यस्तै, नाइन स्टार कुन्छाका इन्द्र दुराले सर्वाधिक गोलकर्ता (९ गोल) को उपाधि हात पारेका छन् । दुवैलाई पुरस्कार स्वरुप जनही ५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक आयोजक क्लब सचिव केसीले जानकारी दिए । सुन्दरबजार नगरपालिका– ११ को सिन्दुरे फुटबल क्लब प्रतियोगिताको उत्कृष्ट तथा अनुशासित टिम घोषित भएको छ । सिन्दुरेलाई प्रमाणपत्रसहित नगद १० हजार पुरस्कार दिइयो ।

विजयीलाई सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला तथा आयोजक सुन्दरबजार युवा क्लब अध्यक्ष राजकुमार केसीले संयुक्त रुपमा पुरस्कार वितरण गरे । ७ दिनसम्म चलेको प्रतियोगितामा २४ टिमले भाग लिएको आयोजक सुन्दरवजार युवा क्लबका अध्यक्ष राजकुमार केसीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width