पत्रकार घिमिरेलाई दुर्व्यवहार गर्नेहरुले मागे माफी, आगामी दिनमा यस्ता कार्य नदोहोर्‍याउने प्रतिवद्धता

आदर्श समाज सम्वाददाता
माघ १५, २०७९
pralhad chandra ghimire news (1)

पोखरा । गत माघ १० गते स्याङ्जाको आँधीखोला गाउँपालिका वठा नं. ४ बाङ्सिङ दहमा रिपोर्टिङका लागि पुगेका फेवा टेलिभिजनका समाचार प्रमुख तथा समाचारपाटी डटकमका पत्रकार प्रल्हादचन्द्र घिमिरेमाथि दुर्व्यवहार गर्नेहरुले माफी मागेका छन् ।

आँधीखोला गाउँपालिकाका उपाध्यक्ष सीता थापा, वडाध्यक्ष सिंहबहादुर क्षेत्री, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, नेपाल पत्रकार महासंघ स्याङ्जाका पूर्वअध्यक्ष ओम शर्मा, महासंघ स्याङ्जाका उपाध्यक्ष भवानी अधिकारी, नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंक पौडेल, महासचिव प्रकाश ढकाल, फेवा टेलिभिजनका प्रवन्ध निर्देशक लीलाबहादुर जिसीको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा भएको छलफलमा पत्रकार घिमिरेमाथि दुव्र्यवहार गर्ने स्थानिय टोल विकास समितिका अध्यक्ष ठाकुर प्रसाद पौडेल, रेशम पौडेल, पीताम्बर पौडेल, बाबुराम पौडेलले आफूहरुले पत्रकार भन्ने थाहा हुँदा हुँदै आवेशमा आएर गल्ती गरेको स्वीकार गर्दै आगामी दिनमा यस्ता कार्य नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले आगामी दिनमा सामाजिक काम र सार्वजनिक विषयमा पत्रकारहरुको सहयोग लिएर काम गर्ने समेत बताएका छन् ।

सो अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पत्रकारहरुलाई सार्वजनिक विषयमा निर्वाध रुपमा समाचार संकलन र संप्रेषण गर्ने अधिकार रहेको भन्दै कार्यस्थलमा पत्रकारहरुलाई हुने यस्ता दुव्र्यवहारका घटनामा महासंघको ध्यानाकर्षण भएको भन्दै आगामी दिनमा यस्ता कार्यहरु नदोहो¥याउन सुझाव दिए ।
गाउँपालिका उपाध्यक्ष सीता थापाले पत्रकार भनेर थाहा पाउँदा आफूसहित गाउँपालिकाका प्रतिनिधिले रोक्न खोज्दा पनि पत्रकारमाथि जुन व्यवहार भयो त्यसले गाउँपालिकालाई नै लज्जित बनाएको बताइन् । उनले आगामी दिनमा यस्तो कार्य हुन नदिन गाउँपालिका सचेत रहेको बताइन् । उनले पत्रकारहरुले रिपोर्टिङमा जाँदा आफ्नो परिचय खुलाएर जानकारी दिएर जान पनि सुझाव दिए ।

सो अवसरमा पत्रकार घिमिरेले पत्रकारलाई सूचना आएपछि समाचार संकलनका लागि फिल्डमा जाँदा आगामी दिनमा यस्ता कार्य नहोस् भन्ने कामना गरे ।
पत्रकार महासंघको समन्वयमा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा दुवै पक्षबीच छलफल भई मिलापत्र भएर आगामी दिनमा दुवै पक्षले एक आपसमा सहयोगिको भावनाका साथ आ–आफ्नो काम गर्ने सहमति भएको छ ।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width