पोखरा । पाठेघर र स्तन क्यान्सरको परीक्षणसम्बन्धी कार्यक्रम शनिबार पोखरा–१२ स्थित वडा कार्यालयमा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा १२ र नेपाल नर्सिङ संघ कास्कीको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
स्वास्थ्य शिविर र सचेतना कार्यक्रमअन्तर्गत शिविरमा ३० वर्षभन्दा माथिका महिलाहरुले स्वास्थ्य परीक्षण गराएका थिए । वडा कार्यालय परिसरमा संचालित शिविरबाट वडावासी लाभान्वित भएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देस्यले शिविर संचालन गरिएको उनले जानकारी दिए । पछिल्लो समय महिलाहरुले परीक्षण गर्न लाज मान्ने तथा रोग लुकाएर बस्ने गरेको पाइएको र त्यस्ता महिलाहरुका लागि सहयोग पुगोस् भन्ने उद्देस्यले पाठेघर र स्तन क्यान्सरको परीक्षण वडामै मिलाइएको कार्यालयले जनाएको छ ।
शिविरमा प्रोजेक्टरमार्फत पूजा भण्डारीले सचेतना कार्यक्रम सम्बन्धित प्रस्तुति दिएकी थिइन् । स्थानीयको सहजताका लागि वडामै गरिएको स्वास्थ्य शिविरले स्थानीय लाभान्वित भएको नेपाल नर्सिङ संघ कास्कीका अध्यक्ष मुना सिलवालले बताइन् । नेपाल नर्सिङ संघको ६१ औं वार्षिकोत्सव अवसरमा कार्यक्रम गरिएको हो ।
पछिल्लो समय महिलाहरु उपचार गराउन लाज मान्ने, डराउने भएकाले पनि पाठेघरको समस्या बढ्दै गएको सो अवसरमा चर्चा गरियो । महिलाहरुको उपचारको लागि वडा कार्यालयले शिविर संचालन गरेर परीक्षणमा सघाउ पुगेको कार्यक्रम संचालिका मीनु श्रेष्ठले बताइन् । शिविरमा शहरी स्वास्थ्य केन्द्रका कर्मचारीहरुले सहजीकरण गरेका थिए । यस्ता खालका शिविर समयसमयमा संचालन गर्न सके न्युनीकरणमा सहयोग पुग्ने वडाध्यक्ष बास्तोलाले स्पष्ट पारे ।
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जिभिपी युके लन्डनलाई भलिबल उपाधि
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
हातपात अभियोगमा पक्राउ
तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१