रेन्वो एकेडेमिक होम्सको रजत रजत जयन्ती

आदर्श समाज सम्वाददाता
माघ ११, २०७९
Rainbow (2)

पोखरा । पोखरा– १५ कोलपाटन स्थित रेन्वो एकेडेमिक होम्स माविको २५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार पोखरामा सम्पन्न भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा सभागृहमा आयोजित रजत जयन्ती समारोहको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख आचार्यले संस्थागत विद्यालयहरुमा गुणस्तरीय पठनपाठन भए पनि त्यस्ता विद्यालयहरुले थुप्रै चुनौतिहरुको सामना गर्दै आउनुपरेको बताए । कतिपय कोणबाट यस्ता विद्यालयहरुप्रति हेर्ने दृष्टिकोण नकारात्मक समेत भएको भन्दै उनले निजी विद्यालयहरुका थुप्रै सकारात्मक पक्षलाई विर्सन नमिल्ने बताए । पोखरा महानगरपालिकाले महानगर भित्रका विद्यालयहरुमा एकरुपता ल्याउने र गुणस्तरीय शिक्षाको वातावरण सिर्जना गर्न काम अगाडि बढाउने तयारी गरिरहेको जानकारी पनि उनले दिए ।

सो अवसरमा विद्यालयका प्राचार्य बाबुराम बरालले गुणस्तरीय शिक्षालाई जोड दिएर विद्यालयले शैक्षिक गतिविधिहरु अगाडि बढाइरहेको जानकारी दिए । खेलकूद, अतिरिक्त क्रियाकलाप र विभिन्न परियोजनागत गतिविधिमा समेत विद्यार्थीहरुलाई संलग्न गराई उनीहरुमा वृहत शैक्षिक चेतको विकास गर्न विद्यालय प्रतिवद्ध रहेको प्राचार्य बरालले बताए । विद्यालय र शैक्षिक गतिविधिलाई थप गुणस्तरीय र परिस्किृत बनाउन अभिभावकको सुझावको अपेक्षा समेत सो अवसरमा बरालले गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशिलराज पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायणप्रसाद सुवेदी, प्याव्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य धनराज पुरी, पोखरा १५ का वडाअध्यक्ष तोरणबहादुर बानिया लगायतले भनाई राखेका थिए ।

सो अवसरमा २०७६ साल देखि २०७९ सालसम्मका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार पनि प्रदान गरिएको थियो । विभिन्न सालका शैक्षिक पुरस्कार पनि कार्यक्रममा वितरण गरियो । विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम, विविध नृत्य र गायन कला पनि प्रस्तुत गरेका थिए । कार्यक्रमस्थलमा विद्यालयका विद्यार्थीहरुले साइन्स प्रदर्शनी पनि आयोजना गरेका थिए । सहप्राचार्य खेमनारायण ढकालले संयोजन गरेको कार्यक्रमको संचालन विश्वराज रसाइलीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width