कालिका बहुमुखीमा भूतपूर्व विद्यार्थी मञ्च गठन

आदर्श समाज सम्वाददाता
माघ ११, २०७९
kalika

पोखरा ।  पोखरा महानगरपालिका वडा नं. १४ काजिपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा भूतपूर्व विद्यार्थी मञ्च गठन भएको छ । क्याम्पसमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीहरुको भेलाले विक्रम गिरीको अध्यक्षतामा भूतपूर्व विद्यार्थी मञ्च गठन गरेको हो ।

नवगठित मञ्चको उपाध्यक्षमा पुष्पराज गुरुड, महासचिवमा बलराम गिरी, सचिवमा रमेश खड्का, कोषाध्यक्षमा सिमाकुमारी कुँवर छन् । सदस्यमा विजय बानिया, लालबहादुर पुन, उदयबहादुर भट्ट क्षेत्री, सन्देश गौतम र नन्दबहादुर गुरुड छन् । भेलाले मञ्चका पूर्व सचिव हुकुमराज थापालाई पदेन सदस्यमा चयन गरेको छ ।

यसैगरी भेलाले विष्णु थापा, शिशिर ज्ञवाली र सन्तोषमणि लामिछानेलाई सल्लाहकारमा चयन गरेको छ । मञ्चका पूर्वअध्यक्ष दीपेन्द्रबहादुर चन्दको अध्यक्षतामा भएको भेलामा क्याम्पस प्रमुख विरन्जी गौतम, सहायक क्याम्पस प्रमुख युवराज गुरुड र शालिग्राम तिमिल्सिना, विद्यार्थी कल्याण समितिका अध्यक्ष मुस्कान थापा, क्याम्पस अतिरिक्त क्रियाकलाप समितिका संयोजक शिशिर ज्ञवाली, लेखा प्रमुख फणिन्द्र तिमिल्सिनाले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन माया कुँवर र स्वागत महेश पोखरेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग