पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले मन्त्रालयको कार्यप्रगति र योजनाका अवस्थाका बारेमा संयुक्तरुपमा जानकारी लिएका छन् । पुस २५ गते नियुक्त भएर सपथ लिएका मुख्यमन्त्री खगराज अधिकारीले माघ १० मा मन्त्रिपरिषद्लाई पूर्णता दिएसँगै कामलाई तीव्रता दिन थालेका हुन् ।
मुख्यमन्त्री कार्यालयकै हलमा बुधबार सचिवहरुको ब्रिफिङ सुरु भएको छ । आन्तरिक मामिला, कानुन तथा सञ्चार, युवा तथा खेलकुदसहित ६ वटा मन्त्रालयको ब्रिफिङ सकिएको छ । बाँकी मन्त्रालयको बिहीबार ब्रिफिङ गरिनेछ । सरकारले प्रदेशका मन्त्रालय घटाउने निर्णय गरे पनि ब्रिफिङ भने पुरानै मन्त्रालयको संरचना अनुसार नै भएको छ । सचिवहरुको व्यवस्थापन भइनसकेकाले कार्यालय सञ्चालन कायमै छ ।
ब्रिफिङमा मुख्यमन्त्री अधिकारी, भौतिक पूर्वाधार विकास तथा सहरी विकास मन्त्री हरिबहादुर चुमान, आर्थिक मामिला मन्त्री सीताकुमारी सुन्दास, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङ, आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहा थापा, कृषि, जलस्रोत तथा ऊर्जा मन्त्री बेदबहादुर गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली गरी सबै मन्त्री उपस्थित रहे ।
प्रमुख सचिव रवीलाल पन्थसहित मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवद्वय रामप्रसाद आचार्य र मनमायाँ पंगेनी भट्टराई लगायत सबै मन्त्रालयका सचिव ब्रिफिङमा सहभागी छन् । सबै मन्त्रालयको प्रस्तुति सकिएपछि मुख्यमन्त्रीले निर्देशनसहित भनाइ राख्नेछन् ।
चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा पुँजीगत खर्चको अवस्था निकै कमजोर छ । आम निर्वाचन, निर्वाचनपछि सरकार निर्माणमा ढिलाइका कारण पनि अहिलेसम्मको खर्चका्े अवस्थामा नाजुक देखिएको हो । त्यसो त योजनाहरु ठेक्का प्रक्रियामा गइसके पनि भुक्तानी प्रक्रिया सुरु नभएसकेकाले पनि खर्च कम देखिएको हो ।
मुख्यमन्त्री अधिकारीले मुख्यन्यायाधिवक्ता नियुक्त गरे पनि प्रदेश नीति तथा योजना आयोगलाई भने पूर्णता दिन सकेका छैनन् । पोखरमा त्यस्ता व्यक्ति नपाइने र काठमाडौंबाट पोखरा आउने चाहाने व्यक्ति नभेटिएकै कारण नियुक्तिमा ढिलाइ भएको हो । मुख्यमन्त्रीको सचिवालयका एक सदस्यले अब छिटै नियुक्ति हुने बताए पनि अझै व्यक्तिको टुंगो लागिसकेको छैन । योजना आयोगको उपाध्यक्ष नियुक्ति भइसकेपछि यस्तो प्रस्तुतिको कार्यक्रम राखिएको भए प्रभावकारी हुने कार्यक्रममै सहभागी एक सचिवले बताए ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१