उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त

आदर्श समाज सम्वाददाता
माघ ९, २०७९
govinda giri

पोखरा । उपन्यायाधिवक्ता गोविन्द गिरी सोमबारबाट सेवा निवृत्त भएका छन् । गण्डकी प्रदेश मुख्यन्यायाधिवक्ताको कार्यालयका प्रमुख रहेका गिरीले उमेर हदका कारण अनिवार्य अवकाश पाएका छन् ।

२०५५ सालमा नायव सुब्बाबाट निजामती सेवामा प्रवेश गरेका गिरीले १५ महिनापछि २०५७ सालमा सरकारी वकिलतर्फ शाखा अधिकृतमा नाम निकालेका थिए । १४ वर्षसम्म अधिकृत रहेका उनी साढे ९ वर्ष उपसचिव पदमा रहेर काम गरे ।

कार्यालयबाट बिदाइ भएपछि गिरीले फेसबुकमा लेखेका छन्, ‘जीवनको उर्वर समय करिब २४ वर्ष निजामती सेवामा रही आज सेवा निवृत्त भएको छु, यस सेवामा प्रवेश गर्न प्रेरणा र आशीर्वाद दिने मेरा हाल दिवंगत बुवाआमा, परिवार र सुभेच्छुकप्रति सम्झना गर्न चाहन्छु । राष्ट्र सेवाको सन्दर्भमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तित्वहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’

निजामती सेवामा प्रवेश गर्नुअघि गिरी प्राध्यापन पेसामा थिए । अब केही समय आराम गर्ने र त्यसपछि वकालत पेसामा लाग्ने योजना उनले सुनाए । निर्मलपोखरी घर भएका गिरी अहिले पोखरामा बस्दै आएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width