पोखरा । पोखरामा पहिलो पटक आयोजित टिकटक प्रतियोगिताको उपाधि लक्ष्मण गोलेले हात पारेका छन् । ११ आंै पोखरा महोत्सवको प्रचार गर्ने उद्देश्यले आयोजक युनाइटेड क्लबले टिकटक प्रतियोगिता गरेकोमा उनले नगद ३० हजारसहित पुरस्कार हात पारेका हुन् ।
महोत्सव स्थलको टिकटक निर्माण स्थलमा टिकटक बनाएर उनले सर्वाधिक १.९ मिलियन भ्युज ल्याउन सफल भएका थिए । प्रतियोगितामा जमुना थापामगरले १.६ मिलियन भ्युज बटुल्दै दोस्रो स्थान हासिल गर्न सफल रहिन् । उनले नगद २० हजार र प्रमाणपत्र जितिन् ।
प्रतियोगितामा भाग लिइ महोत्सवमा धेरै भिडियो निर्माण गरी टिकटक प्रतियोगिताको सन्देश प्रवाह गर्ने मिङ मिङ पुनलाई मायाको चिनोसहित सम्मान गरियो । विजेतालाई टिकटक प्रतियोगिता प्रायोजन गर्ने अल्ट्राबाइट प्रालि, एजुकेशन डाइट प्रालिका गण्डकी प्रदेशका निर्देशक पूर्णकुमार श्रेष्ठ, आशीष इन्स्टिच्युट प्रालिका सञ्चालक आशीष पाण्डे, क्लब अध्यक्ष राजु श्रेष्ठ, टिकटक प्रतियोगिताका संयोजक शिव थापा लगायतले पुरस्कृत गरे । प्रतियोगितामा ४ सय ५० बढीले भाग लिएको थियो । समग्रमा ३द्दण्ठढऊ मा करिब १ करोड १७ लाख भ्युज पुगेको प्रचार संयोजक दिनेश सुनारले बताए ।
महोत्सवको १३ औं दिनसम्म करिब २ लाख ४० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेको आयोजकले जनाएको छ । यस्तै, ८ करोड ६० लाख बराबरको कारोबार भएको महोत्सवका अर्थ व्यवस्थापन उपसमिति संयोजक सूर्यबहादुर बानियाले जानकारी दिए ।
सोमबार गायक श्याम राना, अस्मिता डल्लाकोटी, जीवन दाहाल, शिवहरि ढुंगाना, मधु थापामगर, किसन नेपाली, सानु विकास, कमला सुनार लगायतको प्रस्तुतिमार्फत दर्शकले भरपूर मनोरञ्जन लिएका थिए । लाइभ ब्याण्डतर्फ अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्याण्ड मन्त्रको प्रस्तुतिमार्फत युवाले भरपुर मनोरञ्जन लिएका थिए । पोखराको अमरसिंहचौरमा २७ पुसदेखि सुरु महोत्सव १० माघसम्म चल्नेछ ।
Related News
सम्बन्धित समाचार
लालबहादुर चण्डेश्वरी संगीत पुरस्कार मीरा र ध्रुवेशचन्द्रलाई
स्मृति ग्रन्थमा सर्जक बुद्धि परियार
गजलकार एवं गीतकार प्रकट पगेनी गम्भीर बिरामी
पत्रकार पौडेलको ‘दिलमा रोप्यौ तिर’ सार्वजनिक
पाइन खबर साँझमा हरिदेवीका गीत
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१