मर्स्याङ्दी कपमा त्रिभुवन मावि च्याम्पियन

आदर्श समाज सम्वाददाता
माघ ५, २०७९
News Marsyandi Cop 79

लमजुङ । मस्र्याङ्दी शैक्षिक महोत्सव–२०७९ अवसरमा आयोजित गाउँपालिकास्तरीय अन्तरविद्यालय मस्र्याङ्दी कपमा त्रिभुवन मावि, घनपोखरा च्याम्पियन बनेको छ । सो विद्यालय समग्रमा सर्वाधिक ५५ अंक प्राप्त गरी च्याम्पियन बनेको हो ।

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नाराका साथ साताव्यापीरुपमा सञ्चालन गरिएको महोत्सवमा प्रतियोगिता भने ३ दिन चलेको थियो ।

मस्र्याङ्दी शैक्षिक महोत्सव २०७९ एवं मस्र्याङ्दी कप गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यमा समापन भएको हो । सो अवसरमा मस्र्याङ्दी कपका विजयी छात्रछात्राका साथ विद्यालयलाई पुरस्कृत गरिएको छ ।

यस्तै, महेन्द्रदेव मावि दोस्रो र हिमचुली आवासीय मावि तेस्रो भएका छन् । महेन्द्रले समग्रमा ५१ र हिमचुलीले समग्रमा ४७ अंक प्राप्त गरेको गाउँपालिकाको खेल समितिका सचिव कुलबहादुर विकले बताए ।

माविस्तरीय भलिबलमा छात्रतर्फ गणेश मावि पहिलो भएको छ । त्यस्तै, त्रिभुवन मावि दोस्रो र प्रभात शान्तिपूर्ण तेस्रो भएको हो । छात्रातर्फ हिमचुली पहिलो, महेन्द्रदेव दोस्रो र अमर मावि तेस्रो भए ।

फुटबल छात्रतर्फ अमर मावि विजयी भयो । अमरले फाइनलमा मंगामिलनलाई ४–३ गोलअन्तरले हराएको हो ।

खेलकुदका मावि र आधारभूत तथा प्रावि गणित दौडसमेत कुल २१ ओटा प्रतियोगिता भएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख राजीव सुवर्णकारले बताए । विजयी छात्रछात्रालाई गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, मस्र्याङ्दी गाउँपालिका उपाध्यक्ष जूनामाया थापा, सामाजिक विकास समिति संयोजक तथा वडा ७ का वडाध्यक्ष तिलबहादुर गुरुङ, गाउँपालिका युवा तथा खेलकुद विकास समिति अध्यक्ष खेम घलेले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै