हिसान फुटसल शुक्ररबारबाट, उद्घाटन खेलमा मदरल्यान्ड र बालोदय भिड्ने

आदर्श समाज सम्वाददाता
माघ ४, २०७९
hissan futsal

पोखरा । हिसान गण्डकीको आयोजनामा हुने प्रथम फुटसल प्रतियोगिताको कास्की छनोट प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । उद्घाटन खेल मदरल्यान्ड मावि र बालोदय मावि बीच हुने भएको छ । माघ ८ गते सम्म सञ्चालन हुने प्रतियोगितमा हिसानमा आबद्ध २९ टिमले सहभागिता जनाएका छन् ।

हिसान गण्डकीको सदस्य विद्यालयबीच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागी भएका छन् । कास्की जिल्लाबाट ८ टिम छनोट गरी प्रदेशस्तरीय प्रतियोगिता गराइने छ ।
कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । फागुन पहिलो साता प्रदेशस्तरीय प्रतियोगिता हुने हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफी र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफी प्राप्त गर्ने अध्यक्ष बरालले बताए ।

पोखरा ४ गैरापाटनमा रहेको वि–फिट फुटसलमा छनोट प्रतियोगिता हुने व्यवस्थापन गरिरहेको सबिन मेमोरियल फुटबल क्बलका अध्यक्ष सञ्जय लिगलले बताए । प्रदेश स्तरीय प्रतियोगिता भने पोखरा रंगशालामा रहेको मल्टिपल हलमा हुने उनको भनाइ छ ।

सविन मेमोरियल क्बल राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्लब हो । गत वर्ष पोखरामा भएको राष्ट्रिय फुटसल लिग प्रतियोगितामा देशभरबाट चौथो स्थान हासिल गर्ने सफल भएको थियो । हिसान फुटसल प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सहयोग गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले बताए । युवाहरुमा भएको खेलकुदको प्रतिभा देखाउने ठाउँ नपाएकाहरुलाई यो अवसर हुने उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै