दिवंगतको चीरशान्ति कामना गर्दै महाआरती

आदर्श समाज सम्वाददाता
माघ ३, २०७९
gupteshor

पोखरा । पोखरा १७ छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव गुफामा सोमबार महाआरती पूजा गरिएको छ । पोखरामा आइतबार यती एअरको जहाज दुर्घटनामा परी मृत्यु भएका ७२ जनाको आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौन धारणा गरिएको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले बताए ।

विगतका वर्षहरुमा पनि अकल्पनीय घटना हुँदा गुफाले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै विभिन्न पूजा अर्चना गर्दै आएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width