शव पहिचान र परीक्षणका लागि फरेन्सिक विज्ञको टोली गठन, काठमाडौंबाट टोली आएपछि मात्र पोस्टमार्टम हुने

आदर्श समाज सम्वाददाता
माघ २, २०७९
Jahaj

Picture: Ganesh Shrestha

पोखरा । यती एअरलायन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव पहिचान गरी पोस्टमार्टम गर्नका लागि काठमाडौंमा फरेन्सिक विज्ञको टोली गठन भएको छ । उक्त टोली पोखरा आएपछि मात्र पोस्टमार्टम प्रक्रिया सुरु हुने कास्कीका सहायका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए । पोखरामा पहिचान भएकाहरुको स्वदेशीको पोस्टमार्टम गर्ने र पहिचान नखुेलेका र विदेशीलाई त्रिवि शिक्षण अस्पतालमा पठाइने उनले बताए ।

दुर्घटनामा ज्यान गुमाएका हराइरहेकाहरुका आफन्त र शुभेच्छुकहरुको भीडले अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसर भरिएको छ । पहिचान भएका शव पोस्टमार्टम गरी बिहानैबाट आफन्तहरुलाई बुझाउने भनिए पनि अहिलेसम्म पोस्टमार्टमको प्रक्रिया सुरु भएकै छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width