मुस्ताङको घुम्तीस्कुलका विद्यार्थीको पोखरामा स्वास्थ्य परीक्षण

आदर्श समाज सम्वाददाता
माघ १, २०७९
Ghumti

पोखरा । हिमालपारिको जिल्ला मुस्ताङबाट पोखरा झरेका घुम्ती स्कुलका विद्यार्थीको निशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श कार्यक्रम भएको छ ।

पोखरा १६, बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालमा आयोजित कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सदस्य नम्डु गुरूङ र विकल शेरचनले संयुक्तरुपमा उद्घाटन गरे ।

अस्पताल व्यस्थापन समिति अध्यक्ष धर्मराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मेडिकल सुपरिटेन्डेन्ट डा. रेखा पौडेलले गरेकी थिइन् ।

मुस्ताङको लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गत कास्की जिल्लामा संचालित घुम्ती स्कुलका विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width