अर्घौ बजारको सभा हुँडिकोटमा

आदर्श समाज सम्वाददाता
माघ १, २०७९
bajar

लेखनाथ । पोखरा २७ स्थित अर्घौ बजार व्यवस्थापन समितिको १४ औं साधारण सभा पर्यटकीयस्थल हुँडिकोटमा भएको छ ।

आन्तरिक पर्यटनमा बढावा दिने उद्देश्यले पोखरा ३३, हुँडीकोट भएको सभामा सचिव राम थापा र कोषाध्यक्ष प्रभा पौडेलले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित भए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले बजार व्यवस्थापन समितिले सभाको निम्ति हुँडिकोट रोजेकामा खुसी व्यक्त गर्दै यस्ता पर्यटकीय स्थलको प्रचार आवश्यक रहेकामा जोड दिए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बलराम ढकाल, वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ, कोषाध्यक्ष भरत ओझा लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष टीकाराम सापकोटाले समुद्री सतहदेखि १२६५ मिटर उचाइमा रहेको हुडीकोट अहिले दृष्यावलोकनको निम्ति उत्कृष्ट गन्तव्यरूपमा चर्चित रहेको बताए । यहाँबाट दूरबिन सहायताले छिमेकका १४ जिल्लासम्म देख्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width