लेखनाथ । जनप्रकाश माविले राष्ट्रिय एकता दिवसका अवसरमा विद्यालयको ६५ औं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको छ । सो अवसरमा पुरस्कार वितरण कार्यक्रम पनि भयो ।
पोखरा २० स्थित यो विद्यालयले २७ पुसलाई विद्यालयको वार्षिकोत्सवरुपमा मनाउँदै आएको छ । २०१५ साल चैत्र १५ मा स्थापना दिवस भए पनि शिक्षाको क्षेत्रमा एकताको सन्देश दिने गरी २०४५ देखि हरेक २७ पुसमा वार्षिकोत्सवको रुपमा मनाउने गरेको हो ।
कार्यक्रम उद्घाटन गर्दै विद्यालय संस्थापक भोजराज भण्डारीले स्याउलाको छानामुनि गुन्द्रीमा बसेर पढ्नु परेको अवस्था र अहिलेका पक्की भवनभित्र बसेर कम्प्युटरबाट पढ्न पाइने प्रविधिको भरपूर प्रयोग गरी असल नागरिक उत्पादन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा विद्यालय निरीक्षक विश्वराज आचार्य, पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ, ततकालीन लेखनाथ नगरपालिका संस्थापक नगर प्रमुख शालिकग्राम पौडेल लगायतले समयानुकूल शिक्षा प्रणाली प्रयोगमा नल्याउने हो भने हाम्रा सन्तति अगाडि बढ्न नसक्ने भएकोले ब्यावहारिक र प्रयोगात्मक शिक्षा अहिलेको आवश्यकता भएको बताए ।
विद्यालयका प्रधानाध्यापक शेखरनाथ शर्माले भावी योजनासहितको प्रगति विवरण पेश गरेको कार्यक्रममा जनप्रकाश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ऋषिराम बुढाथोकी, कक्षा ११÷१२ का संयोजक मनोज पौडेल, गण्डकी बहुप्राविधिक शिक्षालयका प्रमुख लक्ष्मण तिमिल्सेना, शिक्षा समिति सदस्य प्रमोद भण्डारी, सल्लाहकार मोती गिरी, अभिभावक ईश्वरी सापकोटा, शिक्षक मिनु घले र विद्यार्थी क्याथरिङ गुरुङ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बाबुराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक अभिभावक संघका अध्यक्ष कमल पुलामी,धन्यवाद ज्ञापन साहायक प्रअ गोपीराज अधिकारी र कार्यक्रम संचालन शिक्षक सालिक सुवेदीले गरेका थिए ।
अग्रेजी र नेपाली माध्यमको शिक्षा प्रणाली रहेको विद्यालयमा कुल एक हजार एक सय बिद्यार्थीहरु अध्यनरत छन् । यसैक्रममा विद्यालय स्थापना काल देखि विद्यालयको भौतीक तथा शौक्षीक क्षेत्रमा सहयोग पु¥याउदै आउनु भएका पुर्व ब्यवस्थापन समिति,शिक्षक र सहयोगी चन्दादाता अभिभावकहरुलाई सन्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१