भोलिदेखि पोखरा महोत्सव

आदर्श समाज सम्वाददाता
पौष २६, २०७९
pokhara festival

पोखरा । पोखरामा पुस २७ देखि माघ ९ सम्म ११ औं पोखरा महोत्सव हुँदैछ । युनाइटेड क्लबले सोमबार पत्रकार सम्मेलन गरी महोत्सव तयारी पूरा भएको जनायो ।

१३ दिनसम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहने क्लब अध्यक्ष राजु श्रेष्ठले बताए । महोत्सवका २ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले जनाएको छ ।

महोत्सवले देशको कला, संस्कृति, भेषभूषा संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धिमा पु¥याउने, विकसित सूचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पुर्‍याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी जनाइएको छ ।

महोत्सवमा दैनिक रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुति दिने छन् ।

महोत्सवको मुख्य प्रायोजक रवि एन्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेट्टर होम एपलाएन्सेस हो । क्लबले महोत्सवबाट बचत रकम शिक्षा, स्वास्थ्य, खेलकुुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा लगाउँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै