डाइलोसिस सेवा बिस्तार गर्ने गण्डकी मन्त्रिपरिषद् बैठकको पहिलो निर्णय

आदर्श समाज सम्वाददाता
पौष २५, २०७९
cm khagraj adhikari

मुख्यमन्त्रीको पदभार ग्रहण गर्दै खगराज अधिकारी। तस्बिरः धनबहादुर गुरुङ

पोखरा, २५ पुस । एमालेका खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेशको सोमबार साँझ नै मन्त्रिपरिषद् बैठक बसेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले स्वास्थ्य सेवामा ध्यान दिंदै गण्डकी प्रदेशमा डाइलोसिस सेवा बिस्तार गर्ने पहिलो निर्णय गरेको छ।

नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको अध्यक्षतामा बसेको बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता बिनाविभागीय मन्त्री सीता सुन्दासले डायलोसिस सेवा आवश्यक पर्ने बिरामीलाई प्रदेशमातहतका ११ जिल्लाका अस्पतालमा डायलोसिस सेवा बिस्तार गर्ने निर्णय भएको जानकारी दिइन् ।

६० सदस्यीय प्रदेशसभामा ३३ सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेस गरेका एमाले संसदीय दलका नेता अधिकारी सोमबार अपरान्ह मुख्यमन्त्री नियुक्त भएका हुन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

साथै नवनियुुक्त मुख्यमन्त्री अधिकारीले एमालेसहित माओवादी र राप्रपाबाट ३ जनालाई मन्त्री नियुक्त गरेका थिए । जसमा माओवादी केन्द्रका हरिबहादुर चुमान (तनहुँ), राप्रपाका पन्चराम गुरुङ (स्याङ्जा) र एमालेकी सीता सुन्दास (स्याङ्जा) मन्त्री बनेका हुन् । चुमान प्रदेशमा पुरानै मन्त्री भए पनि गुरुङ र सुन्दास नयाँ अनुहार हुन् ।

Related News

सम्बन्धित समाचार

  • अधिकारी सरकारको वैधताको टुंगो आज !

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । गण्डकी प्रदेशमा खगराज अधिकारी नेतृत्व सरकारको वैधताको टुंगो सोमबार लाग्ने अपेक्षा गरिएको छ । मुख्यमन्त्रीमा अधिकारी नियुक्तपछि कांग्रेसका…
  • पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा। पोखरा–५, मालेपाटनमा मध्यरातमा भएको सवारी दुर्घटनामा मानवीय क्षति भने टरेको छ । सिर्जनाचोकदेखि मालेपाटनतर्फ जाँदै गरेको बा ११ च ७७३५…
  • दुआथलनमा टमटा र खड्का विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा, १६ वैशाख । दुआथलनमा पुरुषतर्फ नेपालका हिमाल टमटा र महिलातर्फ मञ्जुकुमारी खड्का विजयी भएका छन् । नेपाल ट्रायथलन संघ…
  • स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्टस् अवार्डमा टाइगर ग्रुप अफ पोखराले वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लबतर्फको पुरस्कार प्रायोजन गरेको छ…
  • बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…

hero news full width