३ पटक विश्वकप जितेका  ब्राजिलियन फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन

आदर्श समाज सम्वाददाता
पौष १५, २०७९
pele

पोखरा । विश्वप्रसिद्व ब्राजिलियन फुटबल लिजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। पेले किड्नी र प्रोटेस्टको समस्यासँग पछिल्ला केहि वर्षदेखी जुधिरहेका थिए। पछिल्लो समयमा उनमा क्यान्सर समेत देखिएको थियो।

पेलेको गत २०२१ को सेप्टेम्बरमा पेटबाट ट्युमरको अप्रेसन गरिएको थियो। उनी साओपाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा गत नोभेम्बर यता उपचाररत रहेका थिए। उनकी छोरी केलि नासिमेन्तोले समर्थकलाई सामाजिक सञ्जालमार्फत आफ्नो बुवाको स्वास्थ्य अवस्था अपडेट गराउँदै आएकी थिइन्।

उनले बिहीबार राति एक तस्बिर पोस्ट गर्दै बुवाको निधन भएको भन्दै श्रदाञ्जली दिएकी छिन। उनले भनिनन् ‘हाम्रो लागि सबथोक दिएकोमा धन्यवदा, हामी सदा माया गरिरहने छौं। हार्दिक श्रदाञ्जली।’

पेलेलाई फिफाले २०० मा प्लेयर अफ द सेन्चुरीको उपाधि दिएको थियो

पेलेले विश्वमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन्। उनले आफ्नो २१ वर्षे फुटबल करिअरमा १३६३ खेलमा कीर्तिमानी १२८१ गोल गरेका थिए। उनले आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन्।

पेले विश्वकप फुटबलको उपाधि तीनपटक जित्ने एक्ला खेलाडी समेत हुने। उनले १९५८, १९६२ र १९७० को विश्वकप ब्राजिललाई जिताउँदा मुख्य भूमिका खेलेका थिए। पेलेलाई फिफाले २०० मा प्लेयर अफ द सेन्चुरीको उपाधि दिएको थियो।

अस्पतालले पनि पेलेको निधन भएको पुस्टी गरेको छ। उसले पेलेको मल्टी अर्गान फेल भएका कारण निधन भएको जनाएको छ। उसले पछिल्लो समय उनमा पेटको क्यानसरका कारण उपचार प्रभावकारी हुन नसकेको जनाएको छ।

त्यस्तै ब्राजिलियन फुटबल संघले भनेको छ ‘पेले अल टाइम महान खेलाडीभन्दापनि अझैमाथि थिए र प्रेरणादायि थिए।’ पेलेको आधिकारीक ट्वटिरमा लेखिएको छ ‘पेलेले आफ्नो यात्रामा प्रेरणा र मायाहरु छाडेर गए। उनी आज सान्त सँग स्वर्गवास भएका छन्। संधै उनलाई मायानै माया रहने छ।’

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै