पोखरा । लियोनल मेस्सीको टिम अर्जेन्टिनाले कतार विश्वकप उपाधि जितेको छ ।
फाइनलमा साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै विश्वकपमा तेस्रो पल्ट उपाधि चुमेको हो । सर्वाधिक २६ खेलको कीर्तिमानीसहित मेस्सीले सन् १९८६ पछि आफ्नो देशलाई विश्वकप जिताउँदै सुखद बिदाइ भए ।
१२० मिनेटसम्म दुवै टिमले ३–३ को बराबरी खेलेपछि प्रतियोगिता टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा चौथो पेनाल्टी प्रहार गर्न आएका मोन्टियलको बलले जाली चुमेसँगै कतारको लुसेल स्टेडियम अर्जेन्टिनाको जीत खुसीमा गुञ्जायमान बनेको थियो ।
फ्रान्सका कोमनको प्रहार अर्जेन्टिनाका कीपर मार्टिन्जले जोगाए भने चौमेनीको प्रहार बाहिरिन पुगेको थियो । उसका लागि किलियन एमबाप्पे र कोलो मौनीले गोल गर्न सके । अर्जेन्टिनाका लागि पेनाल्टीमा पहिलो प्रहार मेस्सीले गरेका हुन् । त्यसपछि क्रमशः डाइबला, परेड्सले गोल गरे । अर्जेन्टिनाले सन् १९७८ मा आफ्नै मैदानमा र सन् १९८६ मा मेक्सिको विश्वकपमा उपाधि चुमेको थियो ।
सर्वाधिक ८ गोल गरेका एमबाप्पले गोल्डेन बुट पाए । मेस्सी १ गोलले पछि परे । मेस्सीले गोल्डेन बल, मार्टिन्जले बेस्ट कीपर, फर्नान्डिजले योङ प्लेयर अवार्ड जिते ।
फ्रान्स भने फाइनलमै एमबाप्पेको ह्याट्रिकबीच पनि उपविजेतामै सीमित भयो । फ्रान्सले १९९८ र २०१८ को विश्वकप जिते पनि तेस्रो पल्ट उपाधि चुम्न वञ्चित रह्यो ।
निर्धारित समयमै २–० अन्तरसँगै उपाधि नजिक पुगेको अर्जेन्टिनाले १० मिनेट पनि अग्रता जोगाउन नसक्दा अन्ततः पेनाल्टी सुटआउटको भाग्यमा भर पर्नु परेको थियो । खेलको ८१ औं मिनेटमा अर्जेन्टिनालाई रोक्दै फ्रान्सले बराबरी खेलेको हो । एमबाप्पे एक्लैले २ गोल फर्काएका हुन् । उनले ८० औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरे भने त्यसको १ मिनेटमै अर्को गोल थपेर फ्यानको मन जितेका हुन् ।
निर्धारित ९० मिनेट २–२ को बराबरी हुँदा अन्ततः अतिरिक्त समयमा खेल धकेलिएको थियो । फेरि अर्जेन्टिनाले अग्रता लिए पनि फ्रान्सले ११८ औं मिनेटमा पुनः बराबरी खेल्यो । मेस्सीले अतिरिक्त समयमा गोल गर्दै टिमलाई ३–२ को स्थितिमा पु¥याएका थिए । १०९ औं मिनेटमा लौटारोले पेनाल्टी एरियाबाट हानेको प्रहार गोलकीपरले बचाए पनि रिबाउण्ड बलमा मेस्सीले जाली चुमाएका थिए । तर त्यो अन्तर पनि एमबाप्पले घटाए । पेनाल्टी क्षेत्रमा गोन्जालोको ह्याण्ड हुँदा रेफ्रीले फ्रान्सलाई पेनाल्टी अवसर दिएका हुन् ।
खेलको सुरुआती २३ औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो । मेस्सीले पेनाल्टीमार्फत सुन्दर गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । फ्रान्सका विङ्गर ओउस्मान डेम्बेलेले एन्जेल डिमारियालाई फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसमा मेस्सी कत्ति पनि चुकेनन् । ३६ औं मिनेटमा मेसीकै क्रसमा डिमारियाले विपक्षी कीपर बिट भएको अवस्थामा बललाई जाली चुमाएका हुन् ।
आगामी सन् २०२६ को विश्वकप अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त आयोजना गर्ने छन् ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
hero news full width
मुख्य समाचार
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१