प्याब्सन स्पोर्टस मिट जारी, पोखरा स्पाइरल कारबाहीमा

आदर्श समाज सम्वाददाता
मंसिर २२, २०७९
pabson meet

पोखरा । १७ औं प्याब्सन स्पोर्टस मिट–२०७९ अन्तर्गत पोखरामा सिनियर र जुनियर छात्रतर्फ फुटबल प्रतियोगिता जारी छन् । प्याब्सन कास्कीद्वारा आयोजित स्पोर्टस् मिटअन्तर्गत बिहीबार सिनियर र जुनियरतर्फ गरी २० खेल भए ।

गौरीशंकर खेल मैदानमा सिनियरतर्फ भएको खेलमा रेन्वो एकेडेमीले कन्चनजंगालाई ३–० ले पाखा लगाउँदा शान्तिदीपले कुमुदिनी होम्सलाई ४–१ गोलले पराजित गरेको छ । टप्सले हावर्डलाई ५–१, ताराकुञ्जले सनफ्लावरलाई ३–०, पोखरा पव्लिकले डिज्नील्याण्डलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।

सोही स्पर्धाअन्तर्गत आदर्श क्लब खेल मैदान लेखनाथमा भएको खेलमा पोखरा एकेडेमीले धौलागिरीलाई ४–०, बालप्रभातले सबलाइमलाई ४–०, शान्ति निकुञ्जले गुरुकुललाई ७–० को भारी गोलअन्तरले पराजित गरेको छ । त्यस्तै सृजनाले फिसटेल एकेडेमीलाई टाइब्रेकरमा ५–४ ले हरायो ।

जुनियरतर्फ शान्तिदीप खेल मैदानमा पारामाउण्टले ताराकुञ्जलाई २–१, गुरुकुलले बालकल्याणलाई ७–०, रेन्वोले सवलाइमलाई ५–०, सगरमाथाले स्टेप वाई स्टेपलाई ४–० गोलअन्तरले हरायो ।

जुनियरतर्फ पोखरा स्पाइरलले पोखरा लनर्सलाई ५–० ले पराजित गरे पनि पोखरा लनर्सले खेलाडीको विषयलाई लिएर प्रोटेस्ट हालेको थियो । छानविनमा स्पाइरललाई आयोजकले २० हजार रुपैयाँसहित १ वर्षका लागि प्याव्सनको कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको प्याब्सन कास्की अध्यक्ष मथुरा पौडेलले जानकारी दिए ।

नेपाल आदर्श खेल मैदानमा जुनियरतर्फ हिल पोइन्टले अल्फालाई ३–०, केफले डायमण्डलाई २–१, कुमुदिनीले फिस्टेललाई ३–१, शान्तिदीपले बेथानीलाई ३–१ र हाभर्डले लेखनाथ विभूतिलाई ४–० ले हराउँदै दोस्रो चरणमा प्रवेश गरे ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्पोर्टस् मिटको मंसिर २५ गते पोखरा रंगशालामा उद्घाटन गर्ने कार्यक्रम छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै