पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला शुक्रबारदेखि पोखरामा सुरु हुँदैछ । पोखरा उद्योग वाणिज्य संघले मंसिर १६ देखि २५ सम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सो मेला गर्दैछ ।
समृद्धि स्टिल्सको मुख्य प्रायोजन रहेको मेला यसअघि कोरोनाले २ वर्ष छेकिएको थियो । मेला पुनः संचालन गर्न लागेपछि यहाँका व्यवसायी उत्साहित छन्।
संघ अध्यक्ष पवनकुमार प्रजापतिले पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पुर्याउने उद्देश्यले मेलाको आयोजना गरिएको बताए । लगानीको सम्वद्र्धन : उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने मूल नारा रहेको मेला गण्डकी प्रदेशको व्यवसाय बिस्तारको सम्भावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उदेश्यले आयोजना गरिएको उनको भनाइ छ ।
संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले मेलाअन्तर्गत डोमतर्फ ७८, अटोका ४५ र अन्य विभिन्न खालका १ सय २० वटा स्टल गरी करिब २ सय ५० स्टल रहने बताए । मेलाको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको गतिविधिहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री वितरण रहने छन् ।
ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रमका अलावा रत्यौली गीत प्रतियोगिता र डान्सिङ स्टार प्रतियोगिता पनि समावेश गरिएको छ ।
मेला अवधिभर यही प्रदर्शनी केन्द्रमा हामीले उद्यमशीलतासम्बन्धी सेमिनारको पनि आयोजना गरिनेछ । मेलाको समुद्घाटन गण्डकीका संचारमन्त्री बिन्दुकुमार थापाले गर्ने छन् । बिन्दु संघका पूर्व अध्यक्ष समेत हुन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१