पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले स्रष्टाका अनुभव र अनुभूतिअन्तर्गतको नयाँ शृंखलामा मंगलबार साहित्यकार तथा राधा पौडेललाई प्रस्तुत ग¥यो ।
साहित्यकार पौडेलले भनिन् ‘आफू शारीरिक बनाबटमा होचो कदको फुच्ची देखिने चितवनबाट फरेस्टीको फर्म भर्न आएका बालाई दाइहरुले यो फुच्ची मान्छे, केटी मान्छे फरेस्टी पढे पछि जंगल जंगल डुल्नुपर्छ गुण्डागर्दी हुन्छ, सक्दिन भनेर नर्सिङको फर्म भरिदएछन् । तर आजसम्ममा कुनै एक सेकेन्ड पनि पछुतो छैन नर्सिङ पढ्नु परेकोमा ।’ उनले थपिन्, ‘म नर्सिङ नपढेको भए आज तपाईँहरुमाज हुन्थिनँ । कतै एलडियो सेल्डियो भएर १० देखि ५ को जागिर खाइरहेको हुने थिएँ । नर्सिङ पढेकै कारण म हुम्ला, जुम्लामा जान पाएँ र खलंगामा हमला भन्ने किताब जन्म्यो । खलंगामा हमलाले मदन पुरस्कार पाएकै भएर तपाईहरुले आज मेरो अनुभव र अनुभूति सुन्दै हुनुहुन्छ ।
मध्यम परिवारमा जन्मेकी राधा पौडेल आफ्नो मनले यो गर भनेपछि गरिहाल्ने जिद्दी स्वभावकी थिइन् । अहिले पनि आज मरिन्छकी भोलि ठेगान नभएको जिन्दगीमा झन् माओवादी जनयुद्घकालमा नजिकैबाट मृत्यु देख्दा आज कि भोलि ठेगान छैन भन्दै आफूले देखेको समाज र भागेको जीवन डायरीमा लेख्न सुरु गरेकोले खलंगामा हमला जन्मेको अनुभव सुनाइन् । पोखरा नर्सिङ क्याम्पस सातौं ब्याजमा पढ्दा पोखराको बसाइँको पनि अनुभव सुनाइन् । साथै उनले अहिले देश विदेशमा मर्यादित महिनावारीको अभियान चलाइरहेकी छन् ।
नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपति तथा कार्यक्रमका प्रमुख अतिथि प्रसिद्ध साहित्यकार सरुभक्तले ‘१÷२ मान्छेबाहेक कोही पनि जन्ँिमदै कोही पनि केही लिएर आएको हुँदैन । त्यस्तै राधा पौडेलले पनि केही लिएर आएकी होइनन् उनले जे गरिन जन्मेपछिनै गरेको बताए ।’
साहित्य, कला र संगीतको उत्थानः हाम्रो प्रण भन्ने नाराका साथ २०३४ सालमा स्थापना भएको पोखरेली युवा सांस्कृतिक परिवार गण्डकी प्रदेशको मात्रै नभई देशकै साहित्य, कला र संगीतको विकासमा ४५ वर्षदेखि अविछिन्न क्रियाशील र सक्रिय संस्थाका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा परिचित छ । साहित्य विभागका संयोजक शरण आँशुले पौडेलको संक्षिप्त परिचयसहित स्वागत गरेका थिए । यस अघि रागिनी उपाध्याय, खगेन्द्र संग्रौला, नारायण ढकाल, राजेन्द्र भण्डारी, सम्राट उपाध्याय, स्नेह सायमी लगायत स्रष्टाहरुले अनुभुव र अनुभूतिमा आफ्नो हृदय राखिसकेका छन् । परिवारका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन निर्वतमान अध्यक्ष मोती भुजेलले र सञ्चालन सदस्य हसिना बस्नेतले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१