पोखरा । पोखराकोे एभरेस्ट एफएमले मानवसेवा आश्रम पोखराको भवन निर्माणका लागि सहयोगको घोषणा गरेको छ ।
एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमको हालै सम्पन्न दोस्रो वार्षिकोत्सवका अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रममा ‘एभरेस्ट कक्ष’ नै निर्माण गर्नेगरी सहयोगको घोषणा गरेको हो ।
एमफएमले १ कोठा निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रुपैयाँ दिने प्रतिबद्धता जनाएको आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार सो रकममध्ये एफएमले पहिलो किस्ता स्वरुप १ लाख एक रुपैयाँ हस्तान्तरण गरिसकेको छ ।
एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले आश्रमका कोषाध्यक्ष तिमिल्सिनालाई सो रकम हस्तान्तरण गरेकी हुन् ।
आश्रमले बेसहारा, बेवारिसे तथा अभिभावकविहीन सडक आश्रित मानवहरु राख्नका लागि पोखरामा भवन निर्माण गरिरहेको छ । गुरुङले सडकआश्रित मानवहरुका लागि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।
यसअघि एफएमको शुभारम्भका अवसरमा २०७७ सालमा पनि रेडियोले मानवसेवा आश्रम पोखरालाई १ लाख ८ हजार ८ सय ४८ सहयोग गरेको थियो ।
यस्तै एफएमका प्रमोटर तथा सिटिजन फर्निचर ट्रेड लिंकका प्रोप्राइटर दीपक कार्कीले पनि रेडियोको परोपकारी कामबाट प्रभावित भई मानवसेवा आश्रमका लागि थप अर्को एउटा कक्ष निर्माण गर्ने घोषणा गरेका छन् । पोखरा २५ हेमजास्थित बाबियातरामा सञ्चालित आश्रमको भवन निर्माणाधीन छ ।
आश्रमको भवन निर्माण सम्पन्न गर्न र अक्षयकोष श्रीवृद्धिका लागि पोखरामा आउँदो पुुस १२ गते चर्चित ब्यान्डको ‘नेपथ्य लाइभ कन्सर्ट’ हुँदै छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१