पोखरामा रैथाने भोजन सप्ताह

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७९
Bhojan Saptaha Photo

पोखरा । पोखरामा ‘रैथाने भोजन सप्ताह अनि मःम जात्रा’ हुने भएको छ । नेपासा भोजनले मंसिर १० देखि रैथाने खानाको सप्ताह सुरु गर्न लागेको हो ।

नेपाली खाना, जीवन शैली र संस्कृति विश्वव्यापीकरण गर्ने उद्देश्य स्थापना भएको नेपासा भोजनले आफ्नो चौंथो वार्षिकोत्सवमा भोजन सप्ताह गर्न लगेको कार्यक्रम संयोजक कुशबहादुर भुजेलले जानकारी दिए । यस कार्यक्रमले स्थानीय खाद्यान्नको अधिकतम सदुपयोग गरी स्वरोजगारीको वातावरण सृजना गर्दै सकरात्मक सामाजिक रुपान्तरणमा टेवा पुर्‍याउने उनले बताए । उक्त सप्ताह नेपासा भोजन मुस्ताङचोक हिमाली टोलमा हुनेछ ।

सप्ताहभर पाकशास्त्री सन्दीप खत्री लगायतको टिमले विविध रैथाने परिकारहरु बनाउने आयोजकले जानकारी दिएको छ । उनीहरुले पूर्वी नेपालका राई लिम्बु जातिका खाना, शून्य क्यालोरीको मःम, लोप हुँदै गएका नेवारी खाना, सिस्नोको आईसक्रिम, सयपत्री फूलको सस, क्वाटी मःम सहित यसका १५ प्रकार बनाइनेछ ।

सप्ताहमा सहभागीमध्येबाट २ जनालाई गोलप्रथाबाट विजेता बनाई रानीबन आर्केडमा १ रात २ दिन खाना बस्नको सुविधासहित फेवतालमा डुंगा सयरको व्यवस्था गरिएको संयोजक भुजेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width