क्होइबों बनाउन १० लाख सहयोग

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७९
Ghandruk Photo

पोखरा । घान्द्रुकमा निर्माण हुन लागेको क्होइबों धिंका लागि घान्द्रुक समाज हङकङले आर्थिक सहयोग गरेको छ । समाजले मंगलबार घान्द्रुक (कोंड) क्होइबों धिं निर्माणका लागि १० लाख ६० हजार हस्तान्तरण गरेको हो । हङकङ समाजका निवर्तमान अध्यक्ष मिलन गुरुङ, पूर्व अध्यक्ष चन्द्र गुरुङले निर्माण समिति अध्यक्ष प्रेम गुरुङ र आर्थिक समिति संयोजक क्या. रुपबहादुर गुरुङलाई सो रकम हस्तान्तरण गरे ।

कार्यक्रममा अन्नपूर्ण १० का वडाध्यक्ष गौतम गुरुङले सरकारले विकासको लागि छुट्याएको बजेट दुरुपयोग नगर्ने बताए । सामाजिक विकासको लागि विभिन्न क्षेत्रमा आवद्ध समुदायले आर्थिक र भौतिकरुपमा सहयोग गरेकोमा उनले धन्यवाद दिए ।

आर्थिक समिति संयोजक क्या. रुपबहादुर गुरुङले सामाजिक सेवामा आर्थिक, नैतिक र भौतिक रुपमा गरिने सहयोगले समाजको माया बढेर जाने बताए । घान्द्रुक (कोंड) क्होइबों धिं निर्माणमा ढिलाइ भएको भन्दै गुरुङले फागुनमा शिलान्यास गरेर निरन्तर काम अगाडि बढाउने उद्घोष गरे ।

कार्यक्रममा घान्द्रुुक समाज हङकङका निवर्तमान अध्यक्ष चन्द्र गुरुङ, बौद्ध अर्घौँ सदन रामघाटका अध्यक्ष भुवनसिंह गुरुङ, तमु प्हेलु संघका अध्यक्ष हितकाजी गुरुङ, क्होइवों धि निर्माण समितिका अध्यक्ष प्रेम गुरुङ लगायतले घान्द्रुकमा क्होइबों धिंको महत्वबारे प्रकाश पारेका थिए ।

घान्द्रुक समाज हङकङका निवर्तमान अध्यक्ष मिलन गुरुङ र लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले क्होइबोंलाई घान्द्रुकको पहिचान बनाउन सबैले सहयोग गर्नुपर्ने बताए ।

यसैबीच, घान्द्रुक समाज हङकङले अन्नपूर्ण संरक्षणकर्मी चिन्तबहादुर गुरुङलाई छैठौं ब्रेज मेश्रों अवार्ड प्रदान गरेको छ । अन्नपूर्ण संरक्षणकर्मी ७२ वर्षीय गुरुङलाई २६ हजार ५ सयसहित सो अवार्डबाट सम्मान गरेको हो । उनले अन्नपूर्ण संरक्षण क्षेत्रमा चार दशकसम्म गरेको सेवाको मूल्यांकनस्वरुप अवार्डबाट सम्मान गरेको घान्द्रुक समाज हङकङका निवर्तमान अध्यक्ष चन्द्र गुरुङले बताए । यसअघि राजबहादुर गुरुङ, कृष्णप्रसाद पौडेल, भक्तबहादुर गुरुङ, धनमाया गुरुङ र ललित गुरुङ सम्मानित भइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width