जन्मदिनमा वृद्धाश्रममा खाद्यान्न वितरण

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०७९
hari bastola

पोखरा । हङकङलाई कर्मथलो बनाएका देवचन्द्र गुरुङ र सावित्री गुरुङले आफ्नो छोरा सम्राट गुरुङको १० औं जन्मदिनका अवसरमा पोखरा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेर सबैका लागि अनुकरणीय बनेका छन् ।

उनीहरुले चामल, दाल, नुन, तेल, साबुनलगायत विभिन्न सामग्रीसहित आश्रममा आश्रित ज्येष्ठ नागरिक र सेवक सेविकालाई हातहातमा बिस्कुट, फलफुल र चाउचाउ गरी कूल ३५ हजार मूल्य बराबरको सामग्री वितरण गरेका थिए ।

पोखरा १७ घारीपाटनमा बस्ने हङकङमा अध्ययनरत सम्राटका हजुरबुबा लक्ष्मण गुरुङ र हजुरआमा मनकुमारी गुरुङसहित आफन्तजनको टोलीले पोखरा वृद्धाश्रमका सेविका लक्ष्मी सुवेदीलाई खाद्यान्न हस्तान्तरण गरेका हुन् ।

खाद्यान्न हस्तान्तरण गर्दै सम्राटका हजुरबुबा लक्ष्मण गुरुङले पोखरा वृद्धाश्रमले समाजका असहाय, विपन्न र बेवारिसे अवस्थामा रहेका समाज ज्येष्ठ नागरिकको संरक्षण गरेर राज्यको दायित्व पूरा गरेको स्मरण गरे ।

वृद्धाश्रममा हाल ४८ जना आश्रित रहेको आश्रम सरकारी नभई सहयोगी मनहरुको सहयोगबाट सञ्चालन हुँदै आएको सेविका सुवेदीले बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width