कांग्रेसमै राजनीति गर्छु : खड्का

आदर्श समाज सम्वाददाता
मंसिर १, २०७९
Kumar

पोखरा, १ मंसिर ।
गण्डकी प्रदेश सरकारबाट बर्खास्तीमा परेका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्री कुमार खड्काले कांग्रेसमै राजनीति गर्ने बताएका छन् ।
बर्खास्तीपछि बिहीबार पत्रकार आयोजना गरेर उनले टिकट नदिएको भरमा नेपाली कांग्रेस नछोड्ने बताएका हुन् । ‘मैले अखण्ड नेपाल पार्टी नेपाली कांग्रेसमा समाहित गरेर आएको हुँ । कांग्रेसले मलाई सांसद बनायो, लेखा समितिको सभापति बनायो, मन्त्री पनि बनायो एउटा कार्यकर्ता लाउने सबैभन्दा ठूलो गुन लगाएको छ,’ उनले भने, ‘आफू सहित सयौंको संख्यामा पार्टी प्रवेश गराउँदा नै मर्ने बेलामा चारतारे झण्डा ओडेर मर्न आएको छु भनेको थिए । जस्तो सुकै अन्याय, अत्याचार तिरस्कार भएपनि म नेपाली कांग्रेस छाडेर अन्य पार्टीमा जाने वाला छैन् ।’ पार्टीले बर्खास्त गरे पनि आफू कांग्रेस बाहिर गएर राजनीति नगर्ने उनले बताए ।
पत्रकार सम्मेलनभर उनले प्रदेश सभा उम्मेदवार विन्दुकुमार थापा र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको आचोलनामा समय खर्च गरे । सोही कार्यक्रममा उनले चुनावीपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँग सम्बन्धित ञसनसनीझ खुलासा गर्ने बताएका हुन् । मुख्यमन्त्रीसँग सम्बन्धित अडिओ÷भिडियो सार्वजनिक गर्ने खुलासा गरेका छन् । ‘मलाई अपमानजनक तरिकाले किन निकालियो ? दबाब, आवश्यकता, लक्ष्य के हो ? भनेर सोध्छु । यसमा के बार्गेनिङ छ र ? स्वार्थ जोडिएको छैन,’ उनले भने ।
आफू बर्खास्तीमा पर्नुको कारण विन्दुकुमार थापा र चिसिएको मुख्यमन्त्रीसँगको सम्बन्ध हुने सक्ने बताए । माओवादी र मुख्यमन्त्रीको क्षेत्रमा योजना हालेकाले पछिल्लो समय मुख्यमन्त्रीसँग आफ्नो सम्बन्ध चिसिएको उनले बताए । ‘माइतीघाट झोलुंगे पुल १०० करोड हालेर बनाउने उहाँको योजनामा मैले विरोध गरें, त्यही पनि एक कारण हुन सक्छ,’ उनले भने । उनले विन्दुकुमार थापाले आफूलाई निराधार आरोप लगाएको पनि बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width