स्याङ्जाद्वारा तनहुँ पराजित

आदर्श समाज सम्वाददाता
कार्तिक २९, २०७९
cricket

पोखरा । वाईवाई गण्डकी प्रदेशस्तरीय क्रिकट छनौट प्रतियोगितामा स्याङ्जाले तनहुँलाई ५ विकेटले पराजित गरेको छ ।

क्रिकेट संघ, गण्डकीको आयोजनामा पोखरामा सोमार भएको खेलमा टस जितेको तनहुँले पहिला व्याटिङ गर्दै १ सय ५ रनको सामान्य योगफल तयार पार्‍यो । तनहुँको पारी ३६ ओभरमा समेटिदा रिन्जिन लामाको ३९ रन सर्वाधिक बन्न पुग्यो । सुप्रेम सुनारले १७ रन जोडे । स्याङ्जाका बलर किरण भट्टराई र सुजन गौतमले समान ३ विकेट लिए ।

स्याङ्जाले २४.५ ओभरमा ५ विकेट गुमाएर विजय लक्ष्य प्राप्त गर्दा सुजन गौतमले नटआउट ४५ र किरण भट्टराईले २४ नटआउ रन जोडे । तनहुँका बलर प्रदीप अर्याल र सचिन अधिकारीले समान २ विकेट लिए । खेलमा ३ विकेटसहित ४५ रन जोडेका स्याङ्जाका सुजन गौतम म्यान अफ द म्याच भए ।

Related News

सम्बन्धित समाचार

hero news full width