पुरुष बास्केटबल : आर्मी र गण्डकीको जीत

आदर्श समाज सम्वाददाता
कार्तिक १, २०७९
male basketball

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष बास्केटबलमा सोमबारको खेलमा आर्मी र गण्डकी विजयी भएको छ ।

पोखरा रगंशालामा भएको फाइभ अन फाइभअन्तर्गत समूह ‘ए’ तर्फको पहिलो खेलमा आर्मीले पुलिसलाई पराजित गरेको हो । आर्मी र पुलिस क्लबबीच भएको खेलमा आर्मीले पुलिसलाई १०६–८२ स्कोरले पराजित गरेको हो ।

पहिलो सेटमा २६–२९ स्कोर र दोस्रो, तेस्रो, चौंथोमा क्रमशः ३३–१९, २७–१३, २०–२१ अंक ल्याएको थियो । आर्मीलाई जिताउन आयुश सिंहले सर्वाधिक ३२ अंक ल्याए ।

समूह ‘ए’ को दोस्रोे खेलमा बागमतीले प्रदेश १ लाई ८७–४४ स्कोरले पराजित गरेको छ । बागमतीका खेलाडी प्रजुन महर्जनले हाइस्कोर २२ अंक जोडे।

‘थ्रि अन थ्रि’ खेलतर्फ समूह ‘ए’ तर्फ एपिएफले प्रदेश १ लाई २१–१० स्कोरले पराजित गरेको हो । दोस्रो खेलमा नेपाल पुलिसले मधेश प्रदेशलाई १९–७ स्कोरले पराजित गरेको छ ।

समूह ‘बि’ तर्फको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई २१–३ स्कोरले पराजित गरेको हो । दोस्रो खेलमा बागमतीले २१–१२ स्कोरले पराजित गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width