नेपालगञ्ज । हरिजमुना स्वतन्त्र पत्रकारिता पुरस्कार पत्रकार रामप्रसाद आचार्यलाई प्रदान गरिएको छ । त्यस्तै, सिर्जनशील पत्रकारिता पुरस्कार निशु जोशीलाई प्रदान गरियो ।
मंगलबार आयोजित समारोहमा स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला, संघका उपाध्यक्ष नीरज गौतम, बाँके शाखा अध्यक्ष नमस्कार शाह, वष्ठि पत्रकार पूर्णलाल चुके लगायतले उनीहरुलाई ५ हजार १५१ रुपैयाँसहित सम्मानपत्र प्रदान गरेका हुन् ।
पुरस्कारका लागि शिक्षक एवं समाजसेवी माधवी शाहले बाबुआमाको स्मृतिमा स्थापना गरेको हरि जमुना स्मृति अक्षयकोष स्थापना गरेकामा स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेले संचालन गर्दै आएको छ ।
प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले स्वतन्त्र पत्रकारले महाभारतमा नारदमुनिले भगवान् राम र रावणसँग गरेको कामजस्तै कसैको पक्ष–विपक्ष नलिइ सत्यतथ्य खबर सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । पत्रकारितामा भाषागत शुद्धाशुद्धीमा खडेरी परेको बताउँदै यसतर्फ विशेष ख्याल गर्नुपर्ने उनको सुझाव थियो ।
संघका राष्ट्रिय उपाध्यक्ष गौतमले कुनै पनि दलको गुलामी नबनी स्वतन्त्र र निष्पक्षरुपमा समाचार लेख्नु पत्रकारको धर्म भएको बताए ।
वरिष्ठ पत्रकार चुकेले अहिले कुनै पनि निकायमा स्वतन्त्र ब्यक्ति पाउन मुस्किल भएको अवस्थामा स्वतन्त्र पत्रकार संघले पत्रकारिताजगत्मा स्वतन्त्रताको खाँचो रहेको सन्देश दिंदै आएको उल्लेख गरे ।
संघका बाँके शाखा अध्यक्ष शाहले आफूहरु कुनै संघसंगठनको विरोधी नभएको बताउँदै ढिलोचाँडो सबै पत्रकार स्वतन्त्रमा आबद्ध हुने दाबी गरे ।
कार्यक्रममा बासका केन्द्रीय उपाध्यक्ष शिवकुमार वर्मा, नेपाल पत्रकार महासंघ बाँके उपाध्यक्ष करुणा शाह, हरि जमुना स्मृति अक्षयकोष सञ्चालक माधवी शाह, स्वतन्त्र पत्रकार संघ नेपाल लुम्बिनी प्रदेश पूर्व संयोजक रमेश सिटौला, सञ्चारिका समुह बाँके अध्यक्ष रुपनी जिएम लगायतले बोलेका थिए ।
बाँके शाखा अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कारको घोषणा स्वतन्त्र पत्रकार संघ नेपाल बाँके उपाध्यक्ष मन भण्डारीले गरेका थिए ।
संघ कोषाध्यक्ष मुना बिष्टले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन सदस्य हेमराज भट्टले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१