पोखरा। रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा यही असोज ११ गते पोखराको लेकसाइडमा मिनि सडक महोत्सव २०७९ आयोजना गरिने भएको छ ।
हरेक बर्ष सेप्टेम्बर २७ तारिखमा पर्ने विश्व पर्यटन दिवसको अवसर पारेर एक दिनका लागि यो महोत्सव आयोजना गर्न लागिएको रेवान पोखराका कार्यवाहक अध्यक्ष विश्वराज पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिए । लेकसाइडको फिस्टेल गेटदेखि वाराहीचोकसम्मको क्षेत्रमा वेलुका पाँच वजेदेखि राति १० वजेसम्म यो महोत्सव आयोजना हुने छ । आपतकालिन सवारीसाधनवाहेक अन्य सवारीसाधन संचालन नहुने गरी महोत्सव संचालन गरिने छ ।
महोत्सवमा स्वदेशी र विदेशी खानाका परिकार, विभिन्न जातजातिका सांस्कृतिक नृत्य, गन्दर्भ गायन, नेवारी लाखे नाच, पञ्चे बाजा र पर्यटन सम्बन्धि वृत्तिचित्र प्रदर्शन गरिने महोत्सवका संयोजक एवं रेवान पोखराका महासचिव विकास भट्टराईले जानकारी दिए । रिथिङ्कीङ टुरिजम अर्थात् पर्यटनलाई पुनर्विचार गर्दै भन्ने शीर्षकमा यो वर्ष पर्यटन दिवस मनाइने छ । सन् १९८० देखि संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संगठनले यो दिवस मनाउने प्रचलनको आरम्भ गरेको हो ।
विश्व पर्यटन दिवसकै अवसर पारेर हवाई मार्ग र स्थल यातायातबाट उक्त दिन पहिलोपटक पोखरा उत्रने पर्यटकलाई सम्मान गर्ने कार्यक्रम रहेको पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिए । उक्त दिन निर्माण सम्पन्न हुने चरणमा रहेको पोखरा विमानस्थलबारे छलफल कार्यक्रम समेत आयोजना गरिएको उनले सुनाए । पर्यटन क्षेत्रमा भएको लगानीको संरक्षण र नयाँ लगानीबारे कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा विचार गर्ने हिसावले पनि अहिलेको पर्यटन दिवसको नारा जोडिएको सिग्देलले बताए ।
नेपाल पर्यटन वोर्डले प्रवद्र्धन गरेको महोत्सवलाई गोर्खा व्रुअरी प्रालिले प्रायोजन गरेको छ । कार्यक्रममा रेवान पोखराका निवर्तमान अध्यक्ष लक्ष्मण वरालले पनि भनाई राखेका थिए ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१