पोखरा फोटोग्राफर संघको तालिम

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७९
photographer

पोखरा । पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको आयोजनामा स्टुडियो पोट्रेट, स्ट्रोब एन्ड स्पिड लाइटिङ तालिम भएको छ । संघमा आवद्ध ४६ जना सहभागी रहेको तालिममा संघ उपाध्यक्ष एवं तालिम कार्यक्रम संयोजक भक्त तामाङ तथा जय गुरुङले विषयगत तथा प्रयोगात्मक गरी २ चरणमा तालिम दिए ।

एकदिने तालिमको दोस्रो सेसनमा दसैंतिहारको शुभकामना आदानप्रदान एवं प्रमाणपत्र वितरण गरियो । प्रमुख अतिथि विम्बकवि रमेश श्रेष्ठले फोटोग्राफी सम्मानित पेसा भएको बताउँदै समाज संस्कृति र इतिहासलाई जीवन्त राख्न विशेष योगदान पुर्‍याएको बताए ।

संघका अध्यक्ष रामचन्द्र पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक भक्त तामाङ, प्रशिक्षार्थीतर्फबाट सीता राईले बोलेका थिए । कार्यक्रममा पोखरा फोटोग्राफर संघ पोखरा नेपालका महिला उपसमिति संयोजक रीता पौडेल, पूर्व अध्यक्ष एवं सल्लाहकार रविनाथ दाहाल, पूर्व अध्यक्ष संयोजक माधव मिश्र, पूर्व अध्यक्ष, सल्लाहकार एवं फोटोग्राफर संघ गण्डकी प्रदेशका अध्यक्ष दुर्गाप्रसाद पौडेल, पोखरा फोटोग्राफर संघ पोखरा नेपालका संरक्षक गणेशलाल छवि लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संचालन संस्थाका सचिव देवानन्द पोख्रेलले गरेका थिए ।

महिला सीप विकास केन्द्र कास्की, कैलाश बचत तथा ऋण सहकारी संस्था तथा फोटो बैंक पोखराको सहयोग तालिम भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width