‘युवा सीप सिकेर दक्ष बन्नुपर्छ ’

आदर्श समाज सम्वाददाता
असाेज ६, २०७९
Dari Kapal

लेखनाथ । पोखरा २६ बुढीबजारमा नेपाली युवाले दाह्री कपाल सैलुन सञ्चालनमा ल्याएका छन् । स्थानीय संगम नगर निवासी ४० वर्षीय रोशन कुँवरले करिब ६ लाख लगानीमा सैलुन सञ्चालनमा ल्याएका हुन् ।

सैलुनको बुधबार एक कार्यक्रमबीच पोखरा २६ का अध्यक्ष नरेन्द्र थापाले उद्घाटन गरे । उनले स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यले नेपाली युवाद्वारा सञ्चालित सैलुनको सफलताको कामना गर्दै हरेक युवाहरु सीप सिकेर दक्ष बन्नुपर्नेमा जोड दिए ।

अध्यक्ष थापाले काम कहिल्यै ठूलो र सानो नहुने बताउँदै युवालाई आवश्यकताअनुसारको सीप सिकाउन २६ नं. वडा कार्यालय तत्पर रहेको बताए । यसका लागि लेखनाथ उद्योग वाणिज्य संघलगायत संघ संस्थासँग सहकार्य गरिने बताए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले नेपाली यूवाहरु स्वदेशमै स्वरोजगार बन्न सकेको खण्डमा स्वदेशी पैसा विदेश पलायन हुनबाट रोकिने र मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताए । उनले सीपमूलक तालिम सञ्चालनका लागि संघले सिटिइभिटीसँग एमओयु गरिसकेको जानकारी दिए ।

सैलुनका सञ्चालक रोशन कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रवीन रानाभाटले स्वागत र सचिन रानाभाटले गरेका थिए ।

पोखरामै पेपर कप उत्पादन व्यवसायसमेत सञ्चालन गरेका कुँवरले नेपाली युवाहरुमा भएको सीप र क्षमताको प्रोत्साहन गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सैलुन सञ्चालनमा ल्याएको बताए । १ महिनाभित्र चाउथे र अर्घौंचोकमा गरी २ शाखा सञ्चालनमा ल्याउने कुँवरको योजना छ ।

Related News

सम्बन्धित समाचार

hero news full width