पोखरा । पोखरामा बिहीबारदेखि सुरु हुने ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ ¥याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ तयारी पूरा भएको छ ।
तेक्वान्दो संघ गण्डकीको आयोजनामा ६ देखि ९ असोजसम्म पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा हुने सो प्रतियोगितामा १३ देशका १४ सय २५ खेलाडी पोखरा आइसकेका छन् ।
तेक्वान्दो संघ गण्डकी अध्यक्ष एवं प्रतियोगिता मूल आयोजक समिति सचिव जगन गुरुङका अनुसार एउटै खेलका लागि यति ठूलो संख्याको सहभागिता नेपाली खेलकुदको इतिहासमै पहिलो हो ।
सिनियर र जुनियरतर्फ १४ देखि ६० वर्षमाथिको इभेन्टमा महिला पुरुष गरी विभिन्न तौल समूहमा खेल हुनेछ । पुम्सेतर्फ १४ देखि ६० वर्षमाथि एकल, जोडी र समूहमा प्रतिष्पर्धा हुने आयोजक नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले जनाए ।
प्रतियोगिताको लागि तेक्वान्दो महासंघको छाता संस्था वल्ड तेक्वान्दोका अध्यक्ष डा. चोउ चुङ ओन, एशियन तेक्वान्दो फेडेरेसन अध्यक्ष प्रोफेसर लिक्यू सिोओक लगायतको विशिष्ट टोली पोखरा आउँदैछन् । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ । २ वर्षअघि हुने भनिएको सो प्रतियोगिता कोरोनाका कारण पछि धकेलिएको थियो ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१