वडा १२ मा निशुल्क स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७९
Health camp by rupnarayansf

पोखरा । पोखरा वडा १२, आयोजनामा सोमबार सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा १ सय १० जनाले स्वास्थ्य जाँच गराएका छन् । नेपाल नर्सिङ संघ कास्कीको व्यवस्थापन र न्युयोर्क नर्सिङ एसोसिएसनको सहयोगमा शिविर संचालन भएको वडा अध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए ।

३८ औं स्थानीय नर्सिङ दिवसका अवसरमा आयोजित शिविरमा औषधी पनि निशुल्क वितरण गरिएको थियो । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म शिविर आयोजना गरिएको हो । माटेपानीस्थित वडा कार्यालयमा आयोजित शिविरमा मधुमेय रोगको परीक्षण समेत गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width