पोखरा उद्योग वाणिज्य संघको केही दिनदेखि जारी रहेको चुनावको चहल–पहल समाप्त भएको छ । चुनावको परिणाम बाहिरिएअनुसार त्यो चहल–पहल समाप्त भएको हो । चुनावमा पवनकुमार प्रजापतिको प्यानलले विजय हासिल गरेको छ । अध्यक्षका प्रत्यासी प्रजापतिले अर्जुन पोखरेललाई ७१६ मतले पराजित गरेका हुन् । नव निर्वाचित अध्यक्ष पवनले १६ सय १३ मत प्राप्त गरेका थिए भने अर्जुन पोखरेलले मात्र ८९७ मत प्राप्त गरेका थिए । अध्यक्ष पदमा ती दुई जनाको सोझै प्रतिस्पर्धा भएको थियो । समूहगत हिसाबले लडिएको चुनावमा पवनको प्यानलले शानदार जीत हासिल गरेको छ । संघले निश्चय नै अनुभवी र नयाँ नेतृत्व प्राप्त गरेको छ । तर नयाँ नेतृत्वले संघलाई के–कसरी डो¥याउने छ त्यो प्रतिक्षाको विषय भएको छ ।
जिल्लाका उद्योगी व्यापारी एवं व्यावसायिक व्यक्तिहरुको छाता संगठनको रुपमा रहेको पोखरा उद्योग वाणिज्य संघको ऐतिहासिक महत्व छ । यो यस क्षेत्रको जेठो संस्था हो र जेठो संस्था भएकोले यसको महत्व धेरै छ । यो यहाँ उल्लेख गर्नु सामयिक हुन्छ कि नेपालका उद्योगी व्यापारीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको स्थापनामा यस संघको महत्वपूर्ण भूमिका रहेको थियो । महासंघका विभिन्न पदमा रहेर यसका प्रतिनिधिहरुले सक्रियता जनाएका थिए भने यस संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले महासंघको नेतृत्वसमेत गरेका थिए । त्यस बेला उद्योग वाणिज्य क्षेत्रमा उत्पन्न विभिन्न समस्यामा यस संघले सक्रिय सहभागिता जनाएका थिए । संघले त्यस्तो सक्रियता जनाएकोले आज पनि त्यस्तो केसमा पोखरालाई स्मरण गर्ने गर्दछन् ।
यस क्षेत्रको शैक्षिक सामाजिक विकास निर्माणमा पोखरा उद्योग वाणिज्य संघको महत्वपूर्ण भूमिका रहेको सर्वविदित छ । यत्तिसम्म कि पोखरा विश्वविद्यालय स्थापना गर्नमा यसले अखण्ड १२ वर्ष प्रयास गरेको थियो । एकताका विदेशी संस्थाको सहकार्यमा पनि यसले उल्लेखनीय कामहरु गरेको स्मरणीय छ । त्यसबेला यसको सक्रियता उल्लेखनीय रहेको थियो । नयाँ नेतृत्वले विगतका ती सबै काम कुरालाई के–कसरी अपनाउँछन् र संघलाई आर्थिक रुपले सुदृढ बनाएर के–कसरी सक्रिय र सक्षम बनाएर प्रभावशाली बनाउँछन्, त्यो हेर्न बाँकी नै छन् । त्यो जे भए तापनि नयाँ नेतृत्वले पोखरा उद्योग वाणिज्य संघलाई अहिलेको भन्दा सक्रिय पार्ने प्रयास गर्नेछ, यसको विकल्प दिनेछ । यसको विकल्प भनेको यो भन्दा सक्रिय, सक्षम र प्रभावशाली विकल्प हो । हामी नयाँ नेतृत्वलाई हार्दिक शुभकामना दिन चाहन्छौं र नेतृत्वले अपाएका सबै काम सफल होस् यही कामना गर्दछौं ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१