प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारले मंसिर ४ गते निर्वाचनको मिति घोषण गरिसकेको छ । र, निर्वाचनको लागि निर्वाचन आयोगले आफ्नो काम अगाडि बढाइसकेको छ । नयाँ प्रतिनिधिसभाको मिति घोषणा गरिनु पुरानोको कार्यकाल टुंगिनु हो । चालु प्रतिनिधिसभाले आफ्नो अन्तिम घडी गन्न सुरु गरेको छ । अन्तिम घडी सबैका लागि महत्वपूर्ण हुन्छ । अन्तिम घडी महत्वपूर्ण हुने भएकोले यसबेला मानिसले ठूल्ठूला काम गर्ने प्रयास गर्दछन । आफ्नो कार्यकाललाई के कसरी अविस्मरणीय बनाउने त्यता ध्यान दिने गर्दछन् । अहिलेसम्म अस्तित्वमा रहेको प्रतिनिधिसभाले पनि त्यस्तो अविस्मरणीय एवं महत्वपूर्ण के काम गर्ला, त्यो अझै प्रतिक्षाको विषय भएको छ ।
संसदमा अहिले २ वटा महत्वपूर्ण विधेयक छन् । तीमध्ये एउटा विवादास्पद नागरिकता विधेयक हो भने अर्को वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधन हो । ती दुबै कुरा राष्ट्रिय महत्वका तथा दूरगामी असर पार्ने विधेयक हुन । तर यी दुबै विधेयक उत्तिकै विवादास्पद पनि छन् । सरकारले ती दुबै विधेयक छिटो परित गर्न खान्दैछ भने प्रमुख प्रतिपक्षी एमालेले त्यसको विरोध गर्दैछ । जुन कुरा एमालेका अध्यक्षको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई अवगत गराइसकेको छ । नागरिकता विधेयक त राष्ट्रपतिले पुनर्विचारका लागि फर्काएको विधेयक हो । यसले ठूलै विवाद निम्त्याउँदै गरेको प्रष्ट देखिएको छ । नागरिकता विधेयकको त्यो स्थिति छ भने सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी संक्रमणकालीन न्यायमा पनि मानव अधिकारीले असन्तोष जाहेर गर्दैछन् । परिश्रमी देशका राजदूतहरुले पनि त्यसको सम्बन्धमा चासो र चिन्ता व्यक्त गर्दैछन् । ती दुबै विधेयकहरु राष्ट्रिय महत्वका भएकाले त्यसमा गम्भीर चिन्तन–मननको खाँचो छ ।
यो संयोगको कुरा मान्नु पर्दछ कि राष्ट्रिय महत्वका ती दुबै विधेयक संसदको अन्तिम घडीतिर संसदमा पुगेका छन् । ती विधेयकलाई बहुमतको आधारले पारित पनि गर्न सकिन्छ भने राष्ट्रिय सहमति बनाएर पारित पनि गर्न सकिन्छ । बहुमतको आधारले पारित गर्दा त्यो सधैं विवादास्पद भइरहने संभावना हुन्छ भने राष्ट्रिय सहमतिको आधार बनाएर पारित गरियो भने त्यसको महत्व नै अर्कै हुन्छ । यस्तो कुरा गर्दा माओवादीसँग भएको शान्तिसँझौतालाई पनि सम्झनु पर्दछ । त्यो शान्तिसम्झौताले आवश्यक पर्दा नेपालीहरु त्यसरी मिल्न सक्छन भन्ने पनि देखाएको थियो । त्यसले नेपालीको प्रतिष्ठा पनि बनाएको थियो । राष्ट्रिय सहमति भनेको नराम्रो कुरा होइन । रिस, राग, आवेशमा आएर निर्णय गर्नु राम्रो कुरा होइन । यी सबै कुरा सम्झेर संसदको अन्तिम घडीतिर प्रस्तुत ती विधेयकहरुलाई अविस्मरणीय बनाइराख्न राष्ट्रिय सहमति गर्नु आवश्यक छ । त्यसो गर्न सकियो भने संसदको यो सागको महत्व नै अर्कै हुनेछ, अविस्मरणीय हुनेछ । त्यसो भएकोले यस क्षेत्रमा फेरि एकपटक ठण्डा दिमागले सोच्न आमी आग्रह गर्दछौं ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१