पोखरा । रामबजार पोखरास्थित एसओएस स्कुल गण्डकीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम भयो । गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले कार्यक्रम उद्घाटन गर्दै अनाथ र असहाय बालबालिकालाई संरक्षण र शिक्षादीक्षा प्रदान गर्दै विद्यालयले शैक्षिक क्षेत्रमा पुर्याइरहेको योगदानको सराहना गरे ।
उनले विद्यार्थीलाई गण्डकी विश्वविद्यालयमा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने विषयप्रति आफू सकारात्मक रहेको बताए ।
कार्यक्रममा एसओएस बालग्राम गण्डकीका योजना निर्देशक प्रदीपभक्त आचार्य, विद्यालय सहप्राचार्य किरण सापकोटाले पनि बोलेका थिए ।
कक्षा १२ की आयुष्मा भण्डारीद्वारा सञ्चालित उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका निमित्त प्राचार्य चूडामणि सुवेदीले गरेका थिए । कार्यक्रममा विद्यालयका संयोजक खगेन्द्रराज बराल र कक्षा १२ की सम्पदा पराजुलीले स्वागत मन्तव्य राखेका थिए भने विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । विज्ञान संकाय अध्ययन–अध्यापन हुने एसओएसमा कक्षा ११ मा हाल भुक्तानी र छात्रवृत्ति कोटामा गरी १ सय ३० भन्दा बढी विद्यार्थी छन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम
hero news full width
मुख्य समाचार
पर्वत र बागलुङका सिडिओ फेरिए
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१