हेमजा । पोखरा महानगर प्रमुख धनराज आचार्यले विष्णुपादुका माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ कृषि विषय पढाउनु पर्नेमा जोड दिएका छन् । विद्यालयको शनिबार ५४ औं वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार एवम् छात्रवृत्ति वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आचार्यले त्यस्तो बताएका हुन् ।
‘विद्यालयसँग भवन र जग्गा पर्याप्त छ, नजिकै पुरन्चौरमा कृषि क्याम्पस पनि छ । त्यसैले ९ र १० कक्षातर्फ कृषि शिक्षाको अध्यापनका लागि प्रक्रिया अगाडि बढाउनुहोस् महानगर सहयोग गर्न तयार छ,’ प्रमुख आचार्यले भने ।
उनले सामुदायिक विद्यालयलाई हरेक हिसावले सक्षम बनाउनुपर्नेमा जोड दिंदै नेपालको दुईखाले (सामुदायिक र संस्थागत) शिक्षा नीतिलाई तोड्नुपर्ने औैंल्याए । महानगरले पछि थपिएका वडालाई प्राथमिकतामा राखी विकास निर्माणका कार्य गरेको पनि प्रमुख आचार्यले स्पष्ट पारे।
त्यस अवसरमा पोखरा महानगर कार्यपालिका सदस्य धना पोखरेल तिमिल्सिना, समाजसेवी रामचन्द्र त्रिपाठी, अम्बिका माविका प्रधानाध्यापक ओमप्रसाद पौडेल, विद्यालयका अध्यक्ष कृष्णबहादुर नेपाली, शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मी पौडेल लगायतले पनि धारणा राखे । प्रधानाध्यापक दीपकराज पौडेलले विद्यालयको समग्र गतिविधिमाथि प्रकाश पार्दै खेलमैदान स्तरोन्नति तथा १ देखि कक्षा ९ सम्म अंग्रेजी माध्ययमा पठनपाठन गराउने योजना रहेको सुनाए ।
कार्यक्रमबीच विभिन्न ६ अक्षयकोष तथा ७ विशेष छात्रवृत्ति प्रदान गरियो । त्यस्तै शैक्षिक तथा साप्ताहिक खेलकुदतर्फका पुरस्कार पनि वितरण गरिएको थियो ।
दीर्घ सेवा (३६ वर्ष) गरेकोमा शिक्षक मीनबहादुर थापा, एसइईअन्तर्गत जनसंख्या तथा सामाजिक विषयमा उत्कृष्ट जिपिए ल्याएकोमा विषय शिक्षक तथा सहायक प्रअ गीता पुन, अक्षयकोषदाता लालमाया श्रेष्ठ र सदन उत्कृष्ट बनाउन सफल शिक्षक बुद्धराज पौडेललाई सम्मान पनि गरियो ।
सो अवसरमा विद्यार्थीले नृत्य, चेनतामूलक नाटक प्रस्तुत गर्नुका साथै सामूहिक शिक्षिका नृत्य पनि प्रस्तुत भयो ।
विद्यालय अध्यक्ष कृष्णबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहायक प्रअ गीता पुनले स्वागत तथा शिक्षकद्वय मीनबहादुर थापा र लक्ष्मी सुवेदी बास्तोलाले संचालन गरे ।
Related News
सम्बन्धित समाचार
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम
hero news full width
मुख्य समाचार
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१