पोखरामा भारतीय स्वतन्त्रता दिवस मनाइयो

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७९
India Freedom

पोखरा । भारतको ७६ औं स्वतन्त्रता दिवस पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । भारतले सन् १९४७ देखि हरेक वर्ष तत्कालीन ब्रिटिस शासकबाट मुक्ति पाएको दिन अगस्ट १५ लाई स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ ।

दिवस अवसरमा भारतीय दूतावास पेन्सन वितरण कार्यालय (पिपिओ) रामबजार पोखराले सोमबार विशेष कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा झण्डोत्तोलनसहित भारत र नेपाल दुवै देशको राष्ट्रिय गान गाइएको थियो ।

समारोहमा पिपिओ प्रमुख लेफ्टिनेन्ट कर्णेल सशांक त्रिपाठीले उपस्थित सम्पूर्णलाई आगन्तुकलाई स्वागत गरेका थिए । उनले नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवं बहुक्षेत्रीय सहकार्य रहेको बताए । त्रिपाटीले सदिंयौदेखि नेपालीको भारतीय सेनामा सहभागिता रहेकोमा भारतलाई गर्व रहेको बताउँदै विश्वमै बहादुरी र वफादारीरुपमा परिचित वीरगोर्खा भूपू तथा तिनका आश्रित परिवारजनप्रति भारतले सेवानिवृत्त हुँदासमेत आवश्यक सेवासुविधालाई उच्च प्राथमिकता दिएको उल्लेख गरे ।

समारोहमा नेपाल–भारतमैत्री विद्यालयका बालबालिकाले नेपाली र भारतीय विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । यस्तै, उत्कृष्ट कर्मचारी एसटिओ डोलबहादुर थापा, युडिसी भरत भूषण पाण्डे लगायत कर्मचारीलाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width