पोखरा । विश्व हिन्दु महासंघ नेपाल मातृशक्तिद्वारा तीजको महत्व विषयक प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।
विश्व हिन्दु महासंघ गण्डकी प्रदेशस्तरीय, कास्की जिल्लास्तरीय र पोखरा महानगरस्तरीय मातृशक्ति परिचालन समितिको संयुक्त आयोजनामा भएको प्रशिक्षणको सहजीकरण गर्दै ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयका प्रशिक्षक ब्रम्हाकुमारी सुधाले तीज महिमा प्रष्ट पारेकी थिइन् । उनले सति पार्वतीले परापूर्वकालमा शिव पति पाउन वर्षौ तपस्या गरी शिवलाई पतिको रुपमा प्राप्त गरेको विषय उद्घृत गर्दै सबै सहभागीलाई क्षणिक मनोरञ्जनमा नलागी दीर्घकालीन हरिको तालमा नाचिरहे जीवनमा अनन्य खुसी मिल्ने बताइन् ।
पोखरा महानगर वडा ३१ का सचिव दुर्गा न्यौपानेले मानिसमा वर्तमान अवस्थामा धर्मको वास्ता नगर्नाले समाजमा अराजकता, हिंसा, द्वन्द्व लगायतका बिखण्डनका विषय निम्तिएको कुरा उजागर गर्दै अबको समाज निर्माणको लागि र राष्ट्रलाई सुशासन नेतृत्व प्रदानमा राजनीतिकर्मी धार्मिक बन्नुपर्ने बताइन् ।
कार्यक्रमका प्रायोजक होटल पौवाका संचालक विष्णु ज्ञवालीले देशका विभिन्न स्थानमा बिस्तारित होटल पौवाको पोखरा शाखा ११ औं शाखा रहेको बताए । होटल पौवाका महाप्रबन्धक राजेन्द्र बस्यालले आफ्नो संस्था विश्व हिन्दू महासंघ जस्तो संस्था जोडिन पाएकोमा खुसी लागेको बताए । मानव मिलन नारी जागरण नेपालकी अध्यक्ष सविता बरालले पनि सो अवसरमा मन्तव्य राखेकी थिइन् ।
विश्व हिन्दु महासंघ नेपाल गण्डकी प्रदेशस्तरीय मातृशक्ति परिचालन समिति अधयक्ष पार्वता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर मातृशक्ति परिचालन समिति अध्यक्ष दुर्गादेवी बास्तोलाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रम संचालन कास्की जिल्लास्तरीय मातृशक्ति परिचालन समिति अध्यक्ष मेनुका बरालले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१