पोखरा । सेन्ट्रल क्रिकेट एकेडेमीले ३ खेलको एकदिवसीय क्रिकेट श्रृंखला २–० सँगै जितेको छ । श्रृंखलाको अन्तिम खेल शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा हुनेछ ।
कास्की जिल्ला क्रिकेट संघको निमन्त्रणमा पोखरा आइपुगेको नेक्सस क्रिकेट एकेडेमीसँगको मैत्रीपूर्ण सिरिज कास्कीले २ जीतसँगै आफ्नो पक्षमा पारेको हो । अन्तिम खेल नेक्ससको लागि प्रतिष्ठाको खेल बन्नेछ । कास्कीले जिते सिरिज क्लिन स्वीप हुनेछ ।
पहिलो एक दिवसीय खेलमा ५५ रनले पराजित गरेको कास्कीले शुक्रबारको दोस्रो खेलमा ४४ रनले पराजित गर्दै सिरिज आफ्नो पक्षमा पारेको हो । शुक्रबार टस जित्दै कास्की सेन्ट्रल क्रिकेट एकेडेमीले ४० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ८७ रनको लक्ष्य प्रस्तुत ग¥यो । नवौं नम्बरमा आएका कास्की सेन्ट्रल क्रिकेट एकेडेमीका अमृत गुरुङले सर्वाधिक ३३ रनको योगदान दिएपछि कास्कीले बलियो लक्ष्य प्रस्तुत गरेको थियो । ओपनर मुस्कान थापा र सोहेल कुँवरले पहिलो विकेटको लागि १४ रनको साझेदारी गरे । ११ बल खेल्ने क्रममा मुस्कान दीपक चन्दको बलमा एलबी डब्लुको धरापमा परेपछि कास्कीको पहिलो विकेट गुम्यो ।
३२ रन बनाउनेक्रममा सोहेल कुँवर आउट भएपछि केही धर्मराएको कास्कीलाई सिब्रिन श्रेष्ठले सम्हाल्ने प्रयास गरे । यद्यपि चौथो नम्बरमा आएका पियुस शेर्पा शून्यमै आउटभएपछि कास्की दबाबमा पर्यो । किरण पौडेल र सिब्रिन श्रेष्ठले ३१ रनको साझेदारी निभाए । २१ रन बनाउने क्रममा किरण पौडेल सुमित कडेलले रन आउट बनाए । सचेत क्षत्रीले १३ रन बनाई आउट हुँदा सिब्रिन श्रेष्ठले २९ रनको पारी खेले । उनले ५२ बल खेल्दै ५ चौका हिर्काए ।
१८७ रनको लक्ष्य पछ्याउनेक्रममा काठमाडौंको नेक्सस क्रिकेट एकेडेमी भने १४२ रनमै समेटिदै ४४ रनले पराजित हुन पुग्यो । गौरव खड्काले उत्कृष्ट पारी खेल्ने क्रममा २४ रनको योगदान दिए । उनले २८ बल खेल्दै ५ चौका हिर्काए । किरण पौडेलको बलमा आयुष सैंजुको हातबाट क्याच भएपछि दबाब झेल्नु पर्यो । ओपनर अमन नाथलाई पनि ६ रनमै गुमाउन पुग्यो । उत्तम थापालाई ७ रनमै गुमाएको नेक्ससले दोस्रो विकेटको रुपमा गुमायो । त्यस्तै तक्सक सिंखडा ५ रनमा आउट भए । नाथ र सिंखडालाई आउट गरेका सुवास भण्डारीले हिमांशु बोहोरालाई पनि शून्यमै आउट गरे । त्यसभन्दा अघि अमृत गुरुङले सुमित कंडेललाई शून्यमा पभेलियन फर्काएका थिए ।
एकपछि अर्को विकेट गुमेपछि दबाबमा परेको नेक्ससलाई गौरव खड्काले सम्हाल्ने प्रयास गरे । उनलाई सुमित बुढाथोकीले साथ दिने प्रयास गरे । तर बुढाथोकी १० रनमै आउट भएपछि साझेदारी लामो समय अगाडि बढ्न सकेन । अशोक धामीले अविजिति २१ रन बनाउने क्रममा नवौं नम्बरमा आएका दीपक चन्दले २९ रनको योगदान दिए । त्यो नै नेक्ससका लागि सबैभन्दा ठूलो स्कोर देखियो । १६ बल खेल्नेक्रममा दीपक चन्दले १ चौका र ४ छक्का हिर्काउँदै कास्कीका बलरलाई काबुमा राख्ने प्रयास गरे । यद्यपि कृष्ण पौडेलले चन्दलाई बोल्ड आउट गरेपछि नेक्सस थप धरासायी बन्न पुग्यो । रुपेश थापाले १६ रन बनाए । कास्कीका सुवास भण्डारीले ७ ओभर बलिङ गर्ने क्रममा १ मेडन राख्दै ७ रन खर्चिएर ३ विकेट लिए । किरण पौडेलले ४.३ ओभरमा ३६ रन खर्चिएर ३ विकेट लिए । विपिन खत्रीको नाममा २ विकेट रह्यो । सुवास भण्डारी प्लेयर अफ दि म्याच घोषित भए ।
कास्कीको क्रिकेटको विकाससँगै क्रिकेट एकेडेमीलाई प्रभावकारी बनाउने नेक्सस क्रिकेट एकेडेमीसँग मैत्रीपूर्ण क्रिकेट सिरिज आयोजना गरिएको कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष विरेन पुनले बताए ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१